आइतबार, १७ नोभेम्बर २०२४

दसैं बिदामा पनि खुला रहने मानव अधिकार आयोग

News Image
• • •

राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैं बिदामा पनि खुला रहनेछन्। आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरू खुला रहनेछन्।

आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी बिगतमा झै यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ।

आयोगले यस अवधिमा मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?