बिएल संवाददाता
काठमाडौँ
अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभवकारी बनाउन बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
बैठक सिंहदरबारमा बस्दैछ। पहिरो र डुबानबाट बच्च उच्च सतर्कता अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका छन्।