बिएल संवाददाता
काठमाडौं
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेकाे छ।
सन्दिपलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनकाे फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिने निर्णय गरेकाे हाे।
सन्दीपमाथि २०७९ भदौ ५ गते एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेकाे थियाे। उक्त मुद्दामा उच्च अदालतले गत जेठमा सफाइ दिएकाे थियाे।