बिएल संवाददाता
काठमाडौं
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति कार्यदल गठन भएको छ।
साेमबार गठबन्धन दलको शीर्ष नेताहरूको बैठक चार सदस्यीय कार्यदल गठन गरेकाे हो।
कार्यदलमा एमालेको तर्फबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् भने कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन्।
न्यूनतम साझा कार्यक्रमकाे विषयमा छलफल गर्न आज अपराह्न ४ बजे सत्ता साझेदार दलहरूको बैठक बस्दैछ।