बिएल संवाददाता
काठमाडौं
काठमाडौँको कमलादीस्थित टुकुचा खोलामाथिको सडक भासिएको छ।
काठमाडौँ महानगरपालिका कार्यालय अगाडि रहेकाे टुकुचा खोलामाथिको सडक भासिएको हो।
सडक भासिएपछि दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड रातिदेखि नै अवरुद्ध भएकाे छ। यसले गर्दा सवारी आवतजावत नै प्रभावित भएकाे छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बाेलन शाहले महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेकाे तर अदालती कारणले रोकिन परेको बताएका छन्।
उनले सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन्। यसपश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने उनकाे भनाइ छ।