बिएल संवाददाता
काठमाडौं
धनगढीका एक व्यवसायीले पाँचतले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्।
धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ।
बुधबार बिहान आफ्नै घरको पाँच तलाबाट हाम्फालेर गम्भीर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेकाे हाे।
प्रहरीका अनुसार उनकाे शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ।