सोमबार, ०९ जुन २०२५

'ज्ञानेन्द्र कि हृदयेन्द्र': विकल्पहरू खुला गर्दै 'निर्मल निवास'

News Image
• • •

नेपाली कांग्रेसका दिवङ्गत नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निकट रहेर काम गरेको नेताको रूपमा चिनिन्छन्, लक्ष्मण घिमिरे। उनी काठमाण्डूको चाबहिलमा बस्छन्। नजिकैको गोठाटारबाट एक अधबैँसे महिला डोकोमा साग बोकेर बेच्न पुग्छिन्। दाम सुनाउँछिन्, एक मुठो सागको ५० रुपैयाँ।

घिमिरेले बहिनी भनी सम्बोधन गर्दै 'अलि महँगो भएन' भनी सोध्छन्। "त्यसपछि सुरु हुन्छ उहाँको आक्रोश, नेताहरूलाई तथानाम गाली गर्दै देश समाप्त पारेको सम्म आरोप लगाउँछिन्," घिमिरे सुनाउँछन्, "अनि खुरुक्क ५० रुपैयाँ तिर्‍यो हिँड्यो।"

ती महिलाले दल र देश हाँकिरहेका नेताहरूप्रति गाउँदेखि सहरसम्म 'जनसाधारणमा व्याप्त असन्तुष्टिको प्रतिनिधित्व गर्ने' उनको ठम्याइ छ। "यो अवस्था कहाँ र कुन तहसम्म छ भन्ने कुरा बुझिरहेका छैनन्, भनिरहेका छन् केवल सत्ता, सत्ता र सत्ता," घिमिरेले आफ्नो पनि असन्तुष्टि पोखे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?