शनिबार, १६ नोभेम्बर २०२४

नेपाली चिकित्सकहरूको युएसएमएलई प्रकरण पुग्यो अदालतमा, यस्तो भयो आदेश

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

नेपाली चिकित्सकहरूको युएसएमएलई परीक्षा रद्द प्रकरणमा अदालतमा प्रवेश गरेको छ। प्रभावित चिकित्सकहरूको तर्फबाट द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा दायर गरिएको मुद्दाको प्रारम्भिक सुनुवाइ भएको छ।

सुनुवाईपछि न्यायाधिस रुडोल्फ कोन्त्रेरसले दुबै पक्षको सहमतिमा एउटा मध्यमार्गी आदेश जारी गरेका छन्। अदालतले युएसएमएलईको स्कोर रद्द गर्ने निर्णय अस्थाई रूपमा रोक लगाउन गरिएको माग अस्विकार गरेको छ । तर, द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित चिकित्सकलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद भने स्थगित गर्न आदेश दिइएको छ ।  

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्दगरेपछि प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध अमेरिकी अदालतमा दायर गरेको मुद्दाबारे वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टले आदेश जारी गरेको छ । युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस रुडोल्फ कोन्त्रेरसले एक आदेश जारी गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेको छ।

आदेश अनुसार द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले नेपालको यूएसएमएलई परीक्षासम्बन्धमा जवाफ दिन दिएको अन्तिम म्याद अदालतको निर्णय नआउँदासम्मका पछाडि सार्नुका साथै यस्तो जानकारी एजुकेशनल कमिसन फर फरेन मेडिकल ग्रयाजुएट, फेडेरेशन अफ स्टेट मेडिकल बोर्ड र म्याचलाई पनि दिनुपर्ने छ।

नेपाली चिकित्सकहरूको युएसएमएलई परीक्षाफल रद्द प्रकरण युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमामा पुगेको छ। प्रभावित चिकित्सकहरूको तर्फबाट द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध दायर गरिएको मुद्दामा  परीक्षा रद्दको सूचना नै रद्द नभए पनि अदालतको अर्को आदेश नहुञ्जेलसम्म नेपाली चिकित्सकहरूलाई दिइएको समयसीमा भने स्थगित भएको छ।

अदालतले युएसएमएलई स्कोर रद्द गर्नुपर्ने आफ्ना तर्कहरू पेस गर्न प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ को बेलुका ५ बजेसम्मको म्याद दिएको छ । प्रतिवादीको तर्क प्राप्त भएको २४ घण्टाभित्र वादी प्रभावित नेपाली चिकित्सकले इलेक्ट्रोनिक फाइलिङ प्रणालीमार्फत जवाफ दिनुपर्नेछ ।

अदालतले वादीको मुद्दाको सन्दर्भमा फेब्रुअरी २१ को बेलुका ५ बजे वा त्योभन्दा अगाडि आदेश जारी जनाएको छ ।

यसअघि द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले सन् २०२३ को अन्तिम दिन जनवरी ३१ मा काठमाडौैस्थित प्रोमेटिक सेन्टरमा युएसएमएलई परीक्षा दिएका सयौं  नेपाली चिकित्सकहरूको परीक्षा रद्द गरिएको सूचना पठाउँदै परीक्षा पुन लिने, पुनर्विचारको अनुरोध गर्ने वा अपिल गर्ने विकल्पहरु दिदै समयसिमा तोकेर जवाफ पठाउन पत्राचार गरेको थियो । 

यो पत्राचारसँगै सयौंको संख्यामा नेपाली चिकित्सकको अमेरिकी सपनामाथि प्रश्नचिन्ह त लागेकै थियो, यसबाट नेपाल र नेपाली चिकित्सकका मानमर्दन पनि भएको अनुभूति गरिएको थियो ।अमेरिकामा रहेका नेपाली चिकित्सकहरूले सम्बन्धित पक्षलाई प्रेस स्टेटमेन्ट सच्याउन आग्रह पनि गरेका थिए । तर, पनि सुनुवाई नभएपछि नेपाली चिकित्सकहरूका तर्फबाट अदालतमा मुद्दा दायर गरिएको हो ।   

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?