शनिबार, १६ नोभेम्बर २०२४

यसरी ह्यारी (एचबी) भए हिरा भण्डारी

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

नेपाली मूलका पहिलो अमेरिकी राज्यसभा सांसद डा. ह्यारी (एचबी) भण्डारीले अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सका लागि उम्मेद्वारी घोषणा गरेसँगै नेपाल र नेपालबाहिर रहेका नेपालीमा उहाँको चर्चा सुरू भएको छ । 

खासगरी धेरैले उहाँले जित्ने हो कि हैन ? अमेरिकामा पनि चुनाव जित्नका लागि पैसा चाहिन्छ र ? नेपालको हरि अमेरिका पुगेर ह्यारी भएछ ? ह्यारीले जितेर हामीलाई के हुन्छ? लगायतका प्रश्नहरू उठेका छन्। 

सबै प्रश्नहरू जायज छन् । र, ती सबै प्रश्नको बारेमा समय क्रममा लेख्ने नै छु । 

यस अंकमा भने उनको नामका सन्दर्भमा उठेका प्रश्नहरूको सम्बोधन गर्न लागिरहेको छु । 

उहाँको वास्तविक नामका बारेमा कमैलाई मात्र थाहा छ। तर, पनि उहाँको नामलाई लिएर नेपालको हरि अमेरिका गएर ह्यारी भयो भनेर सतहीमा उडाउनेहरू धेरै भेटिन्छन् ।

भनाइ छ, सूचना शक्ति हो । तर, त्यो सही छ भने मात्र। उहाँको नामका बारेमा पनि सही सूचना भएर लेख्न सक्यो भने अर्थ हुने हो। तर, उहाँको नामका बारेमा केही थाहा नै नभई अन्टसन्ट लेख्यो भने एक छिनलाई मनको लड्डु त घ्युसँग खाइएला तर जसलाई थाहा छ, उसको नजरमा नराम्ररी गिरिन्छ । र, आफूलाई पनि यथार्थ थाहा भएपछि एक किसिमको ग्लानी हुन्छ ।

त्यही भएर धेरैका लागि जानकारी होस् भनेर डेलिगेट ह्यारी भण्डारीको नामका बारेमा केही लेख्नैपर्ने भए जस्तो लागेर यो लेख्दै छु। 

उहाँको अफिसियल नाम अहिले पनि ह्यारी (एच.बी) भण्डारी नै हो । एच.बी. को पूरा रूप हो हिर बहादुर । अमेरिकामा नाम हिर बहादुर थर भण्डारी, यो नाम शुद्धसँग उच्चारण गर्न पनि गाह्रो छ । यस्तो नाम राखेर चुनावमा जाँदा त झन् जोखिम हुन्छ । त्यसैले अमेरिकामा बोलचालमा निक नेम राख्ने प्रचलनको प्रयोग गरेर नै डेमोक्रेटिक पार्टीले उहाँलाई यो नाम सुझाव गरेको हो ।

धैरै मान्छेले उहाँको नाम हरि हो, ह्यारी भयो भनेर भ्रम फिजाउँछन् । वास्तवमा उहाँको नाम हिरा थियो तर एसएसलसीको फर्म भर्ने क्रममा HIRA को A छुट्याएर HIR मात्र लेखिएछ । त्यसपछि नेपालीमा पनि हिर लेख्नुपर्ने भयो ।

यसरी उहाँ हिरा बहादुरबाट हिर बहादुर (एचबी) हुँदै ह्यारी हुनुभएको हो । अहिले पनि उहाँको अफिसियल नाम ह्यारी (एचबी) भण्डारी नै हो।



वास्तवमा एउटा भनाइ छ, नाममा के हुन्छ र त्यस्तो ? अनि यसको उत्तर पनि छ, नाममा त्यस्तो केही हुँदैन यो त एक परिचय मात्र हो, जे छ काममा नै हुन्छ ।
हिर बहादुर भने पनि एचबी भने पनि ह्यारी भने पनि उहाँ अमेरिकाको नेपाली समुदायको मानक इतिहास हो, राजनीतिमा नेपाली मूलको पहिलो अमेरिकी राज्यसभा सांसद, शिक्षामा विद्यावारिधि त्यो पनि नेपालीकै विषयमा शोध गरेर । उहाँको विद्यावारिधि शोधको शीर्षक हो, ‘नेपाली-अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ ।
उहाँ फरक बाटो हिडेर फरक गन्तव्यमा पुग्नुभएको एक मानक नेपाली हुनुहुन्छ। हामी नेपालीले उहाँको नाम के हो भन्न छोडेर उहाँले बनाउनुभएको मानकतिर लागौं।

हामीले उहाँका बारेमा सही कुरा भन्यौं भने खासगरी अमेरिकामा रहेका हाम्रा छोराछोरीले  पनि सगर्व भन्नेछन्, ' सफलता होस् त डा. ह्यारीको जस्तो, इतिहास होस् त डा.ह्यारीको जस्तो ।

उहाँले अमेरिकाकै सबैभन्दा पुरानोमध्येको मेरिल्याण्ड राज्यको सांसदका  रूपमा गरेका काम ऐेतिहासिक छन् । बितेका ६ वर्षमा उहाँले २१ कानून बनाउनु भएको छ । त्यसमा पनि नेपालीका लागि दशै विधेयक एक ऐतिहासिक कानून हो । दशैलाई नेपालमा पार्दुभाव भएको एक सांस्कृतिक चाड दशै भएको र यसको मूल मर्म बसुधैव कुटूम्बकम हो भनेर रोमनमै लेखिएको छ  र मेरिल्याण्ड राज्यमा हरेक वर्षको अक्टोबर ५ लाई दशै डेका रूपमा राज्यले नै मान्यता दिएको छ । यस अतिरिक्त उहाँले मास सुटिङमा मारिएका एक नेपाली युवा सागर घिमिरेका नाममा विधेयक नै प्रस्तुत गर्नुभएको छ। 

अमेरिकामा एक नेपालीले गर्न सक्ने मानक उपलव्धी हुन् । यस अतिरिक्त उहाँले हजारौ नेपाली विद्यार्थीका लागि छात्रवृतिको व्यवस्था गर्नुभएको छ, बाल्टिमोरमा रहेका दुई नेपाली संस्थाका लागि लाखौं डलर सरकारी बजेट ल्याउनु भएको छ । अमेरिकामा दु:खद निधन भएका २०भन्दा बढी नेपालीका शव नेपाल पठाउनु भएको छ भने त्यतिकै संख्यामा शव दहनको व्यवस्था पनि अमेरिकामा गर्नु भएको छ । 

यिनै कामका लागि चिनिनु पर्छ । नाम जे भए पनि यी मानक काम गर्ने व्यक्ति हुन् डेलिगेट डा.ह्यारी भण्डारी ।

यसको अर्थ यो हैन कि उहाँको देवत्करण गर्नुपर्छ, त्यस्तो पनि हैन । तर, उहाँ जे हो, जे डिजर्भ गर्नुहुन्छ, त्यो चाँहि हामीले खुल्ला मनले भन्न सक्नुपर्छ । अनि न उहाँलाई पनि राम्रो काम गर्न प्रेरणा मिल्छ ।


यो लिंक पनि पढ्नुभए राम्रै हुन्छ ।
https://breaknlinks.com/nepali/news/35172177

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?