शुक्रबार, १३ जुन २०२५

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ

पर्साको विरगंज महानगरपालिका-१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विरगंज-२ छप्कैया बस्ने २१ वर्षिय राहुल कुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षिय कौशलकुमार गुप्ता छन्।

- विरगंज

एअर इण्डिया दुर्घटनामा एक यात्रुको जीवितै उद्दार

बिहीबार गुजरातको अहमदावादमा एउटा जहाज भयानक दुर्घटनामा पर्‍यो। त्यो जहाजमा २४२ जना यात्रु थिए। ती मध्ये एकजना भने बाँच्न सफल भयो।

- काठमाडाैं

भिजिट भिसा प्रकरण: छानिबिनका लागि सत्ता प्रतिपक्ष ‘सहमति नजिक’

बिहीबार दिनभरि पनि सत्ता र प्रतिपक्षहरू श्रृङ्खलावद्ध बैठकमा थिए। ती बैठकहरूबाट लगभग सहमति नजिक पुगिएको प्रचण्डले बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छनबिन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने माग प्रतिपक्षको थियो। तर माओवादीले भने त्यो माग छोडिसकेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि राजीनामाको मागबाट पछि हटेर अब छानबिन समिति बनाउनेमा सहमति खोजिरहेको छ।

- काठमाडौं

देशमा संकटकाल लगाएर इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण

इरान विश्वको सबैभन्दा ठूलो परमाणु हतियार उत्पादन गर्ने देश हो। संयुक्त राष्ट्र संघको चेतावनी लत्याउँदै उनसले यस्ता खतरनाक परमाण परियोजनाहरू चलाउँदै आएको छ र अमेरिकालगायत विश्वका कैयौं देशले इरानमाथि प्रतिबन्ध लगाएका छन्।  उसका ती परमाणु परियोजनाहरूलाई इजरायलले भने आफ्नो अस्तित्वका लागि ‘खतरा’ भनेको छ। तिनै परमाणु परियोजनाहरूलाई ध्वस्त पार्ने उद्देश्यका साथ इजरायले आक्रमण सुरु गरेको हो। यो आक्रमणको सुरुवातमै इजरायले इरानको ‘परमाणु प्रशोधन केन्द्रको मुटुमै’ प्रहार गरिएको जनाएको छ। यो प्रशोधन केन्द्र इरानको राजधानी तहरानभन्दा कम्तीमा २५५ किलोमिटर दक्षिणमा पर्ने नान्ताज सहरमा छ

- काठमाडौं

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन्। मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे  तर प्रतिक्विन्टल मात्र दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन्। गतवर्ष रु तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए।

- नवलपरासी

आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ। पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो।

- काठमाडाैं

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा तोकिएको छ।

- काठमाडौँ

नेपालसँग पराजित नेदरल्याण्ड्स

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।  मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा १६ रनले पराजित गरेको हो।

बिएल संवाददाता - काठमाडाैं
आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

भीमले सार्कीले अर्धशतक  बनाउँदै ७३ रन बनाए। भीमले ८५ बलमा आठ चौका प्रहार गरे। सोमपालले कामीले ६७, दिपेन्द्र ऐरीले  ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे।

बिएल संवाददाता - काठमाडाैं
स्कटल्यान्डविरुद्ध ‘सनसनीपूर्ण’ जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्स विरुद्ध खेल्दैछ। पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे खेल्दैछ। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ। सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

बिएल संवाददाता - काठमाडौं
स्कटल्याण्डविरुद्ध नेपालको ऐतिहासिक जित

आइसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ। स्कटल्याण्डले २ सय ९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरी रोमाञ्चक जित हासिल गरेको हो।

बिएल संवाददाता - काठमाडाैं
आईसीसी विश्वकप लिग-२ः स्कटल्याण्डविरुद्ध उत्रिदै नेपाल, सबै खेल जित्नैपर्ने दवाब

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ। नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो। तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले अंकतालिकाको आठौं स्थानमा छ। यसपटक चारवटै खेल जित्न सके नेपाल छैटौँ स्थानमा उक्लन सक्छ। तर, चुनौती भने सहज छैन। सिरिजअघिका दुई अभ्यास खेलको नतिजा हेर्दा नेपाली टोली अझै सानदार लयमा फर्किएको देखिँदैन।

बिएल संवाददाता - काठमाडौं
प्रज्ञा स्मृती प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय खुला शारीरिक सुगठन’ प्रतियोगिता हुने

माओवादी अध्यक्ष प्रचण्डका स्वर्गीय सुपुत्र प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको सम्झनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ। शनिबार प्रतिष्ठानले काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल पुलिस क्लब भुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद, बागमती हेटौंडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतिष्ठानकी अध्यक्ष गंगा दाहालले प्रतियो

बिएल संवाददाता - काठमाडौं