
इजिप्टका राष्ट्रपति सिसी पुनः निर्वाचित
इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी ८९ दशमलव छ प्रतिशत मतका साथ छ वर्षको नयाँ कार्यकालका लागि विजयी भएको निर्वाचन प्राधिकरणले सोमबार घोषणा गरेको छ। प्राधिकरण प्रमुख हेजेम बदावीका अनुसार इजिप्टमा ६६ दशमलव आठ प्रतिशत ‘अभूतपूर्व’ मतदान भएको छ।

बिएल संवाददाता - कायरो