बिएल संवाददाता
सोमबार बिहानदेखि सामाजिक सञ्जालमा एक स्वास्थ्यकर्मीमाथि जातीय विभेद भएको खबर तुफानजसरी फैलिरहेको छ। मुगुको सोरु गाउँपालिकाको खनाया गाउँको स्वास्थ चौकीमा कार्यरत तुलसीकुमारी विकमाथि जातीय विभेद भएको खबर फैलिएको हो।
दलितकी छोरीले दिएको औषधि नखानेर भनेर स्थानीय गाउँ निकाला गरेको एक किसिमको सूचना फैलिरहेको छ। अर्को एक शाही–ठकुरीले दलित भन्दै घर निकाला गरेको सूचना फैलिरहेको छ। साथमा मन्त्रालयले अन्यत्र सरुवा नदिनेर अब जागिर छाड्न स्वास्थ्यकर्मी बाध्य भएको खबर छ।
खास विषय के हो? बिएल नेपाली सेवाले बुझ्दा यी सबै खबर भ्रामक भएको पाइएको छ। कलाकार तथा अभियानता हिरा बिजुली नेपालीले यी सबै खबर भ्रामक भएको भन्दै यस किसिमको सूचना प्रवाह नगर्न आग्रह गरेकी छिन्।
उनले भनेकी छिन्, ‘तुलसीसँग मैले प्रत्यक्ष कुराकानी गर्दा यो मिथ्या र भ्रामक समाचारले आफूलाई गाउँमा थप दबाब पर्न सक्नेप्रति सचेत रहँदै यस विषयमा पोष्ट गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुमा तत्काल त्यससँग सम्बन्धित सन्देशहरू सेयर नगर्न र पहिले गरिसकेका पोष्टहरु पनि डिलिट गरिदिन आग्रह गरेकी छिन्।’
उनका अनुसार स्वास्थ्यकर्मी विकले पुरानो डेराको कोठा सार्नुपर्ने र नयाँ खोज्न कठिन भएको भन्दा धेरैले जातीय विभेद भएको अर्थमा बुझेर हल्ला फैलिएको हो।
यस विषयमा बिएल नेपाली सेवाले बुझ्न खोज्दा स्वास्थ्यकर्मी विकको फोन सम्पर्क हुन सकेन। कलाकार हिरा बिजुलीले भने अनुसार यस्तो खबरले स्वास्थ्यकर्मीले भोलिका दिनमा तनाव बेहोर्नुपर्ने हुन सक्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया