बिएल संवाददाता
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा सहायता पहुँचको सहजीकरण गर्न आह्वान गर्ने मस्यौदा प्रस्तावमा सम्भवतः सोमबार महत्त्वपूर्ण निर्णय लिने बुझिएको छ।
परिषद्ले सो विषयमा मतदानका लागि तयारी गरिरहेको कूटनीतिक स्रोतहरूले आइतबार उल्लेख गरेका छन्। यसको नतिजा परिषद्मा भिटो शक्ति भएको संयुक्त राज्य अमेरिकाको धारणासहित इजरायलको प्रमुख सहयोगी र संयुक्त अरब इमिरेट्स बीचको अन्तिम वार्तामा निर्भर रहने बुझिएको छ।
मस्यौदा प्रस्तावले 'गाजा पट्टीमा सुरक्षित र निर्वाध रूपमा मानवीय पहुँचलाई अनुमति दिन कटुताको तत्काल र दिगो अन्त्य' का लागि आह्वान गर्ने र सबै किसिमका बन्धकहरूको तत्काल र विना शर्त रिहाइको माग गर्ने रहेको बताइएको छ।
सो मस्यौदालाई सुरक्षा परिषद्मा पारित गर्नका लागि कम्तिमा नौ मत चाहिन्छ। परिषद्का स्थायी सदस्यहरू, संयुक्त राज्य अमेरिका, फ्रान्स, चीन, बेलायत र रुसबाट कुनै पनि भिटो भने अपेक्षित हुने छैन।
संयुक्त राष्ट्रसंघका अधिकारीहरू र सहायता एजेन्सीहरूले गाजामा सामूहिक भोकमरी र रोगको महामारी हुन सक्ने र यसले विकराल मानवीय सङ्कट निम्त्याउन सक्ने बारे चिन्ता व्यक्त गरेका छन्।
यस क्षेत्रका २३ लाख मानिसहरू दुई महिनादेखि जारी द्वन्द्वबाट विस्थापित भएका छन्। यसै महिनाको शुरुमा गाजामा इजरायल र हमासबीच तत्काल युद्धविरामको माग गर्दै प्रस्तुत गरिएको सुरक्षा परिषद्को मस्यौदा प्रस्तावमाथि अमेरिकाले भिटो प्रयोग गरेको थियो। त्यसपछि संयुक्त राष्ट्रसंघ महासभाले गत हप्ता युद्धविरामको लागि आह्वान समेत गरेको र भारी बहुमतले समर्थन पनि गरेको थियो।
यद्पि संयुक्त राज्य अमेरिका र इजरायलले युद्धविरामको विरोध गरेका छन्। यस आह्वानले मुख्य रूपमा 'हमासलाई फाइदा' पुग्ने तर्क गरेका छन्।
यसको सट्टा अमेरिकाले नागरिकहरूको सुरक्षा गर्न र इजरायलमा अक्टोबर ७ मा हमासको आक्रमणको क्रममा हमासद्वारा बन्धक बनाइएकाहरूलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया