
मेरो कम्बोडियामा ‘लगानी’ छ भनेर हल्ला फैलाउने प्रचण्ड होः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले ‘कम्बोडियामा लगानी छ’ भनेर आफ्नोविरुद्ध भ्रम फैलाएको आरोप लगाएका छन्। आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ओलीले प्रचण्डले आफूविरुद्ध प्रचार गरिरहेको र माधव नेपाल र झलनाथ खनाल उनैको पछि लागेको टिप्पणी गरे। उनले भने, ‘कम्बोडियामा मेरो ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल (प्रचण्ड) हो। त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्।’ ओलीले आफूले कम्युनिष्ट भनेर पार्टी एकता गरेपनि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर देशी विदेशी तत्वहरूले एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गरे।

बिएल संवाददाता - काठमाडौं