मङ्गलबार, ०५ अगस्ट २०२५

प्रचण्डलाई ओलीको फोन, प्रचण्डले भने- विपक्षीहरूको अडानमा प्रतिवद्ध छु

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्। ओलीले प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका माओवादी सांसद माधव सापकोटाले बताए। प्रचण्डले विपक्षी दलहरूको अडान सुनाउँदै आफू विपक्षीहरूको अडानमा प्रतिवद्ध रहेको जवाफ फर्काएका उनले बताए। प्रचण्डले पहिले गृहमन्त्रीको राजीनामा गराएर अनि आफैंले सदनमा जवाफ दिन ओलीलाई सुझाव दिएका छन्। बालुवाटारमा कांग्रेस सभापति देउवा र गृहमन्त्री रमेश लेखकसँग छलफलका क्रममा ओलीले रास्वपाको अवरोध उसको सभापतिका कारण स्वाभाविक भएपनि प्रचण्डको पछिल्लो गतिविधिहरूबारे असन्तुष्टि जनाएका थिए। बालुवाटार स्रोतका अनुसार उनले प्रचण्डले धुमिल अवस्थामा चान्स मार्न खोजेको आरोप लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा दिने मुडमा गृहमन्त्री, ओली-देउवाले भनेः ‘हतार नगर्नुस्’

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको भेटवार्तामा संसदको अवरोध खुलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षीहरूको अडानले संसद अवरुद्ध छ। भोलि जेठ १५ गते संघीय संसदमा बजेट अनिवार्य पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ। सोही कारण संसदको अवरोध खुलाउने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ। बालुवाटार स्रोतका अनुसार गृहमन्त्रीले राजीनामा दिएर बाधा फुकाउन गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखक बोकेर ओली भेट्न पुगे देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन्। बुधबार बिहान ओली भेट्न देउवा गृहमन्त्रीलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षीहरूको अडानले संसद अवरुद्ध छ। भोलि जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ। सोही कारण संसदको अवरोध खुलाउने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ। बालुवाटार स्रोतका अनुसार गृहमन्त्रीले राजीनामा दिएर बाधा फुकाउन गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्को आदेश, अब अमेरिकाले विद्यार्थी भिसा दिनेछैन

अब कुनै पनि दूतावासहरूले विद्यार्थीका लागि नयाँ भिसा आवेदन लिने छैनन्। पहिला नै भिसा एप्लाइ गरेका विद्यार्थीहरूको सामाजिक सञ्जालमाथि ब्यापक छानबिन भइरहेको पनि ट्रम्प प्रशासनले जनाएको छ। यसका कारण पहिला नै आवेदन दिइसकेकाहरूको पनि भिसा अनिश्चित हुनेछ। अहिलेका लागि भिसा आवेदन दिइसकेकाहरूको अन्तर्वार्ता पनि रोकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सृष्टी चलाउने पाठेघरको घाउ !

पहाडी जिल्लाको एउटा दुर्गम गाउँ। रिता (नाम पविर्तन)। १४ बर्षको उमेरमा प्रेम विवाह गरिन। बिहे गरेर अर्काको घरमा गए पछि सोचे जस्तो भएन। १६ बर्षमा पहिलो बच्चा जन्माए पछि लगातार रुपमा ९ वटा बच्चा जन्मीए। अहिले ५९ बर्ष पुगेकि उनले आफ्नो जीबनकालमा अहिले सम्म कुनै औषधि खाएकि छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ओलीलाई पक्राउ गर्न आईजीपीलाई पत्र लेखेका राप्रपा नेता आफैं पक्राउ परेपछि…

हिंसात्मक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न पत्र लेखेका राप्रपा नेता रविकिरण हमाललाई प्रहरीले पक्राउ गरी २० घण्टा हिरासतमा राखेको छ। हमालले प्रहरी महानिरीक्षक दीपक थापालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई पक्राउ गरी हिरासतमा राख्न माग गरेका थिए। तर, प्रधानमन्त्रीलाई पक्राउ गर्न भनेका हमाल आफैं पक्राउ परेका हुन्। सोमबार साँझ ६ बजे पक्राउ परेका हमाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको थियो। प्रहरीले उनलाई मंगलबार दिउँसो २ बजे हिरासतमुक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हृदयन्द्रलाई राजा बनाउन ‘राष्ट्रिय सहमति’ भए राजा ज्ञानेन्द्र पनि सहमतिमा आउनुपर्छ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रका शाहका नाति हृदयन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका छन्। जेठ १५ गतेदेखिको प्रदर्शनका बारेमा मंगलबार सम्पादकहरूसँगको छलफलमा उनले यदि राष्ट्रिय सहमति भएमा पूर्वराजा ज्ञानेन्द्र शाहकै समर्थनमा हृदयन्द्र शाहलाई राजा बनाउन सकिने बताएका हुन्। उनले हृदयन्द्र शाहलाई राजा बनाउन राष्ट्रिय सहमति भए राजा ज्ञानेन्द्र पनि सहमतिमा आउनुपर्ने टिप्पणी गरे। ‘सबैको राष्ट्रिय सहमति हुन्छ भने मलाई लाग्छ राजा ज्ञानेन्द्र पनि सहमतिमा आउनुपर्छ। त्यो आफ्नै ठाउँमा छ। तर, अहिले हामीले पात्रको कुरा गरेको छैनौं,’ उनले भने, ‘हामीले अवलम्बन गरेको राजसंस्था व्यक्ति होइन आफैंमा विचार हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखरले देउवालाई सोधेः ओलीको मनपरी ढाकछोप गर्ने के बाध्यता आइपर्‍यो? (भिडियोसहित)

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई जे बोले पनि छुट दिन कांग्रेसलाई के बाध्यता आइलाग्यो? भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन्। प्रमुख सत्ता साझेदार पार्टीले प्रधानमन्त्री र सरकारका बारेमा छलफल नगरेर एउटा व्यक्तिका बारेमा मात्रै केन्द्रीत रहेर पदाधिकारी बैठक बसेको उनले त्यसलाई हास्यास्पद पनि भनेका छन्।  ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला। तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने, ‘मलाई अचम्म लागेको छ। यस्तो पनि कहिँ हुन्छ?’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

घटनाको गहिराइमा नपुगी राजीनामा माग्ने प्रवृत्ति गलत: डा. रिजाल

कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले घटनाहरूको मूल विषयभन्दा बढी व्यक्तिको राजीनाको विषय चर्चामा आउने गरेको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढि चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए। उनले भने, ‘पछिल्लो समय घटनाहरू बाहिर आउछन्। ती घटनाहरूको मूल कुरामा चर्चाभन्दा बढी राजीनामा गर्नुपर्यो अथवा राजीनामा गर्नुपर्छ या पर्दैन? भन्ने विषयमा बहस केन्द्रीत भइरहेका छन्। अहिले (गृहमन्त्री रमेश लेखक)को मात्र होइन पहिलाको पनि चार/पाँच वटा मुद्दा त्यस्तै छन्। ती घटनाको मूल आशय राजीनामा गर्नुपर्छ कि पर्दैन, राजीनामा नदिए संसद चल्छ कि चल्दैन भनेर पक्ष र विपक्ष बहस हुनेगर्छ। त्यसैले सञ्चारको जिम्मेवारी भनेको सत्यतथ्य बाहिर ल्याउने हो, सतहीमा हिड्नु भएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृष्ण सेन ‘इच्छुक’/लछुमन पत्रकारिता पुरस्कारबाट मिनराज रोका पुरस्कृत

नेपाल पत्रकार महासंघ रोल्पाबाट वितरण हुने गरी स्थापना गरिएको कृष्ण सेन ‘इच्छुक’/लछुमन पत्रकारिता पुरस्कार-२०८२ बाट पुरस्कृत भएका हुन्। २३ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा लिबाङमा मंगलबार महासंघद्वारा आयोजित एक कार्यक्रममा रोकालाई नगद पाँच हजारसहित प्रमाणपत्रले सम्मान गरियो। नेपाल पत्रकार महासंघ रोल्पाकी उपाध्यक्ष हिमाली खड्का संयोजकत्वमा रहेको तीन सदस्यीय पुरस्कार छनौट समितिले रोकालाई छनौट गरेपछि पुरस्कृत गरिएको हो। कान्तिपुर टीभीका रोल्पा संवाददाता रहेका रोकालाई पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको जनाइएको छ। उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष मानसिंह विकको परिवारले स्वर्गीय बुवा लछुमनको सम्झनामा स्थापना गरेका हुन्। पत्रकार रोका जनआकांक्षा साप्ताहिक र अनलाई साझामा समेत आवद्ध छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

ओलीले गरे मानव अधिकार आयोगको वार्षिकोत्सव बहिष्कार

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले २५औँ स्थापना दिवस मनायो। तर, पुल्चोकस्थित आयोगको कार्यालयमै भएको भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली कतै देखिएनन्। आयोगका अनुसार प्रधानमन्त्री ओलीलाई पनि कार्यक्रमका लागि निमन्त्रणा गरिएको थियो। आयोगका वार्षिक कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ।  तर, यसपटकको वार्षिकोत्सवमा प्रधानमन्त्री ओली सहभागी नभएपछि आयोगलाई सोधियो ‘प्रधानमन्त्री किन सहभागी भएनन्?’ आयोग स्रोतको जवाफ आयो ‘प्रतिनिधि सभामा सहभागी हुनुपर्ने भएकोले व्यस्तताका कारण आउन नपाउने भन्ने जानकारी पाएका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेठ १५ देखिको आन्दोलन निर्णायक हुन्छः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने राजावादी आन्दोलन निर्णायक हुने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए। उनले जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनेगरी निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिएको बताएका हुन्। उनले भने, ‘जेठ १५ गतेदेखि हुने आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने र निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिरहेका छौं। राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्त हुन, हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापना गर्न र संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विगत लामो समयदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका छौं। देशका विभिन्न जिल्लाहरुमा र काठमाडौं केन्द्रीत विरोध प्रदर्शन एवम संघर्षका कार्यक्रमहरु सञ्चालन गरिरहेका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रमेश लेखकको बचाउमा सत्तापक्ष, संसद बैठक भोलिलाई सर्‍यो

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध गरेपछि आज संसद बैठक स्थगित भएको थियो। सभामुखले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेका थिए। उनले संसदको अवरोध हटाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, बैठकमा सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडानले बैठक निष्कर्षमा पुग्न सकेन। अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको बचाउ गर्दै रामहरि भन्छन्ः राजीनामा माग्नु पूर्वाग्रह मात्रै हो

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसामार्फत मानव तस्करीमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रह भएको टिप्पणी गरेका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उक्त प्रकरणमा जोडिएका गृह मन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका हुन्। खतिवडाले उक्त प्रकरणमा अख्तियारले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तर, कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिप दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुखसहित ३ जनाको घटनास्थलमै मृत्यु

बाजुरामा जिप दुर्घटना हुँदा नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुखसहित तीन जनाको मृत्यु भएको छ। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार नेपाल टेलिकम अत्तरियाको बा५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले बताए। दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षागार्ड रवीन्द्र धामी र जिप चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

आधा घण्टाका लागि स्थगित बैठक साढे २ बजे बस्ने तयारी

प्रतिनिधि सभाको बैठक साढे २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध गरेपछि सभामुखले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेका थिए। ३० मिनेटका लागि स्थगित बैठक हालसम्म पनि सञ्चालन हुन सकेको छैन। पुनः बस्ने तयारीमा रहेको बैठक साढे २ बजेका लागि तोकिएको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीमाथि छानबिन गर्न ‘उच्चस्तरीय छानबिन आयोग’ गठन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ। मंगलबार प्रतिनिधि सभामा बोल्दै रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीमाथि छानबिनका लागि आयोग गठन नभएसम्म संसद चल्न नदिने चेतावनी दिए। उनले अख्तियारको अनुसन्धानमा सघाउनुपर्नेमा गृहमन्त्रीले उल्टै सहसचिवको सरुवा गरेर अनुसन्धानमा अवरोध गरेको आरोप लगाए। उनले राजनीतिक संरक्षणमै विमानस्थलमा लुटको धन्दा चलाइएको दाबीसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामबहादुर बम्जन फेरि जेल चलान

‘लिटिल बुद्ध’ उपमाले परिचित तपस्वी रामबहादुर बम्जन पुनः कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनी दोस्रोपटक कारागार चलान भएका हुन्। अदालतको आदेश बमोजिम सोमबार राति नै सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ। बम्जनमाथि गएको फागुन ५ गते अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो। यसअघि यौन दुराचार मुद्दामा जिल्ला अदालतबाट दोषी करार भएका बम्जनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याएको थियो। त्यसपछि उनी जेलमुक्त भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

भिजिट भिसा प्रकरण संगठित ‘मानव तस्करी’सँग जोडिएको छ: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरण संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरू माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए। उनले भने, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भईरहेको भन्ने कुरा विभिन्न पत्रपत्रिकामार्फत बाहिर आइरहेको छ। यो कुनै सामान्य भ्रष्टाचारको घटना मात्र होईन। यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरू माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षीको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अबरुद्ध गरेका छन्। प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेर विरोध गरेका थिए। त्यसपछि सभामुखले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए। उनले निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग गरे। त्यसपछि सभामुखले सभाप अगाडि बढाउने खोजेका थिए। विपक्षी सांसदहरूले फेरि उठेर विरोध गरेपछि रास्वपा सांसद शिशिर खनाललाई बोल्न दिएका थिए। खनालले रवि लामिछाने गृहमन्त्री हुँदा अहिलेका गृहमन्त्री लेखकको भनाइ सुनाउँदै उनलाई तत्काल राजीनामा दिन माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं