बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसामार्फत मानव तस्करीमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रह भएको टिप्पणी गरेका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उक्त प्रकरणमा जोडिएका गृह मन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका हुन्।
खतिवडाले उक्त प्रकरणमा अख्तियारले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तर, कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए।
खतिवडाले भने, ‘एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ। गल्ती भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्छ। तर कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ। जस-जसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने?’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया