बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसामार्फत मानव तस्करीमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रह भएको टिप्पणी गरेका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उक्त प्रकरणमा जोडिएका गृह मन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका हुन्।
खतिवडाले उक्त प्रकरणमा अख्तियारले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तर, कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए।
खतिवडाले भने, ‘एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ। गल्ती भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्छ। तर कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ। जस-जसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने?’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया