मङ्गलबार, ०५ अगस्ट २०२५

शंकर पोखरेल भन्छन्ः हामी सही दिशामा छौं

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रभन्दा गणतन्त्र कयौं गुणा उत्तम रहेको दाबी गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै पोखरेलले राजतन्त्र र गणतन्त्रको पालामा धनी र गरिबबीचको खाडल तुलना गर्दै गणतन्त्र नै राम्रो भएको दाबी गरेका हुन्। उनले सक्रिय राजतन्त्रको पालमा धनी र गरिबबीचको खाडल २१ गुणा रहेपनि हाल गणतन्त्रमा यो खाडल ६ गुणामा झरेको दाबी गरे। उनले भनेका छन्, ‘सक्रिय राजतन्त्रको समयमा धनी र गरिब बीचको खाडल २१ गुणा थियो। गणतन्त्र आएपछि त्यो ६ गुणामा झरेको छ। हामी सही दिशामा नै छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते

मकवानपुर थाहा नगरपालिका–३ विद्युत प्राधिकरण स्थित त्रिभुबन राजपथ सडकखण्डमा सोमबार अपरान्ह बज्रबाराहीको गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिएको थियो। ती मध्ये तीन जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

युवा संघ महाधिवेशन:  नेतृत्व चुन्न मतदान सुरु

नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो।  अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन्। उनीहरूले नै पहिलाे भाेटिङ गरेका छन्। थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीको बोली उत्तेजक! लिङ्देनको पनि कम्ता थिएन

प्रधानमन्त्रीले गैरसंवैधानिक र उत्तेजक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले भने त्यसको कडा विरोध जनाएको छ। सत्ता साझेदार नेपाली काँग्रेस महामन्त्री गगन थापालगायत सत्तपक्षकै अरु नेताहरूले पनि त्यसप्रति आपत्ति जनाएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘चिन्ताजनक’ भनेको छ।  तर त्यसअघि राप्रपाकै अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति पनि कम्ता उत्तेजक थिएन। लिङ्देनले राजावादीको आन्दोलनका थेग्न नसकेर नेताहरू भाग्ने दिन आउनसक्ने दोहोर्‍याउँदै आएका थिए। एक दिन संसदमा बोल्दैन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे खिसी गरेका थिए।  त्यसको केही दिनपछि लिङ्देनले फेरि प्रधानमन्त्रीलाईचाहिँ भाग्नका लागि हेलिकोप्टरको सुविधा दिन सकिने भन्दै ब्यंग्य गरे। चैत १५ देखि राजावादी र गणतन्त्रवादी भनिने राजनीतिक दलका नेताहरूबीच यस्तो घोचपेच बढ्दै जाँदा उनीहरूका अभिव्यक्ति पनि उत्तेजक हुन थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कस्तो होला आजको संसद बैठक, माओवादी, रास्वपा र राप्रा रणनीति बनाउँदै

तर विपक्षी दलहरूले भने संसद बैठक चल्न नदिने रणनीति बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बस्नुअघि संसदीय दलको बैठक बोलाएका छन्।  यसअघि नै रास्वपाले १३ गतेको संसद बैठक सामान्य नहुने भन्ने चेतावनी दिइसकेको छ। उसले यसअघि रमेश लेखककै अभिव्यक्ति स्मरण गराउँदै राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठाउने भएको छ।  गृहमन्त्री हुनुभन्दा अघि सांसद रमेश लेखकले प्रतिनिधिसभा बैठकमै तत्कालीन गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका थिए। त्यो बेला रवि लामिछानेलाई सहकारी ठगीको आरोप थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बार अध्यक्ष भन्छन्ः मन्त्री-प्रधानमन्त्रीका निकटले नियुक्ति पाउनु अनौठो होइन

नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा. विजयप्रसाद मिश्रले बहालवाला मन्त्रालयका पदाधिकारीहरू मन्त्री एवम् प्रधानमन्त्रीको निकट हुने भएकाले अवकासको समयमा अन्यत्र नियुक्ति पाउनु अनौठो नभएको बताएका छन्। सोमबार ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरू’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको नजिक रहेकाले बहालवाला पदाधिकारीहरूलाई अवकासको समयमा पनि नियुक्त गरिने बताएका हुन्। ‘हामीले देखेको बहालवाला मन्त्रालयका पदाधिकारीहरू, मन्त्री, प्रधानमन्त्री, सरकार समक्ष निकट हुन्छन्। त्यसैले उहाँहरूले आफ्ना कुरा सिधै पुर्‍याउन सक्नुहुन्छ। आफ्नो काम गरेर नीति निर्माता, राजनीतिज्ञहरूको मनमा बस्न सक्नुभएको छ। मनमा बसेपछि केही श्रेयभावले पनि उहाँहरूलाई नियुक्त गरौं तुरुन्तै भन्ने विचारधारा निर्माण हुनसक्छ। त्यसले गर्दा पनि अवकासको समयमा पनि नियुक्त गर्ने देखिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीजी जथाभावी बोलिरहनुभएको छ : शेखर कोइराला

‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाण्डौं कब्जा गर्न निर्देशन दिन मिल्दैन’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङ्देनको चेतावनीः लाखौं जनता सडकमा आए एकदिनमै गणतन्त्र समाप्त हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउन थालेको दाबी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताए। उनले देश बिग्रियो भने युवाको भविष्य बिग्रने दाबी गरे। उनले देशका तीन ठूला दलका नेताहरूका कारण देश बिग्रिएकाले युवाहरूको भविष्य अन्योलमा परेको दाबी गरे। उनले तीन करोड जनसंख्या भएको देशमा ६० लाखभन्दा बढी विदेशमा छन् भने देशको अवस्था कस्तो होला? भन्दै प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रघुजी भन्छन्ः संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दैछु

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्न बाँकी गरेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहसअन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्गदर्शन र सल्लाहको खाँचो रहेको बताए। उनले भने, ‘लामो समय मैले पत्रकारितामा बिताए। पत्रकार महासंघको महासचिव हुँदै संसदको चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ। सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाँही धेरै विद्वानहरूले भन्न नसकेको कुरा लेखिएको हुन्छ। त्यस्तो कुरा पाठकले मात्र देख्छ। त्यसकारण म तपाईंहरूको पाठक हुँ, विद्यार्थी हुँ। संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु। सबैले बाटो देखाइदिनुहोला। मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उत्तेजक अभिव्यक्ति नदिन ओलीलाई आयोगको चेतावनी

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजक अभिव्यक्ति नदिन चेतावनी दिएको छ। राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले  जेठ १५ गतेबाट काठमाडौंमा सुरु गर्न लागेको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई दिएको अभिव्यक्तिप्रति आयोगले सोमबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। आयोगले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने निर्देशनमूलक अभिव्यक्ति सार्वजनिक रुपमा दिएकोप्रति विज्ञप्तिमा असन्तुष्टि जनाएको छ। आगामी जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको र सोको अनुगमन समेत गरिदिन अनुरोध गर्दै आयोगमा जानकारीपत्र प्राप्त भएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविपत्नीको गुनासोः मानवता हराएको देश, जिउँदो लास भएर हिँडेछु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले अदालत प्रशासनले आफूमाथि गैरजिम्मेवारीपन देखाएको आरोप लगाएकी छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै निकिताले आफ्नो श्रीमानको आदेश सुन्न अदालतका प्रवक्ताको कार्यकक्षमा कुरिरहँदा आफूलाई सुनाउनुपूर्व मिडियामा चुहाएको गुनासो गरेकी छन्। निकिताले दुई बजे बहस सकिएपछि आफू ७ घण्टासम्म आदेश कुरेर बसेको तर आफूले अदालतबाट आधिकारिक जानकारी पाउनुपूर्व मिडियाबाट आदेशबारे खबर थाहा पाएको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गंगालाई फर्काएपछि प्रचण्डः अब कम्युनिष्ट एकता प्रक्रिया अघि बढ्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढेको दाबी गरेका छन्। सोमबार काठमाडौंमा भएको पार्टी समायोजन कार्यक्रममा उनले आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जाने भन्दै कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढङ्गले अगाडि बढिरहेको बताए। उनले भने, ‘योभन्दा अगाडि हामीले ०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौ, पार्टी विभाजित भयो। त्यसले नेपाली श्रमजिवी वर्गको लागि ठूलो क्षति भयो। महान सहिदहरूको सपना तरङ्गित भए तर संविधान घोषणा भएपछि एकताको प्रक्रिया सुरु भयो। आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुविकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जानेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हिंसा भड्काउने अभिव्यक्ति’ दिएको भन्दै केपी ओलीलाई पक्राउ गर्न राप्रपा नेताको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविकिरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। सोमबार उनले प्रहरी महानिरीक्षक दीपक थापालाई पत्र लेख्दै हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रधानमन्त्री ‌ओलीलाई पक्राउ गर्न माग गरेका हुन्। आइतबार प्रधानमन्त्री ओलीले बागमती प्रदेशका निर्वाचित वडाध्यक्षहरूको भेलामा बोल्दै जेठ १५ गतेको राजावादी आन्दोलन तितरबितर पार्न निर्देशन दिँदै काठमाडौं एमालेको कब्जामा हुनुपर्ने अभिव्यक्ति दिएका थिए। आईजीपीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘शान्ति सुरक्षा खलल पुऱ्याउने, हिंसा भड्काउने र देशलाई द्वन्दतर्फ लैजाने कलुसित मनसायका साथ प्रधानमन्त्री केपी ओलीले योजनाबद्ध रुपमा संगठित रूपमा कुकृत्य गरिरहेको छानबिन हुनुपर्छ। त्यसको लागि उनलाई तुरुन्तै पक्राउ गरी हिरासतमा राख्न निवेदन गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नो-लाइट’ शाखाको निरीक्षणपछि उर्जामन्त्रीले भनेः ‘लोडसेडिङ हुँदैन’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो-लाइट शाखाको स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धि जानकारी लिएका छन्। नो-लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले पत्रकारहरूसँग कुरा गर्दै केही महत्वपूर्ण निर्देशन र स्पष्टीकरण दिएका छन्। मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेको भन्दै भने,‘लोडसेडिङ हुँदैन, हुन दिइदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड र गंगाको पार्टी एकता

नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको छ। सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो। सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समायोजन सम्बन्धि निर्णयहरु समेत भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रमेश लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेसँग जोड्न मिल्दैन

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका बताएका छन्। सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन्। उनले अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताए। उनले भिजिट भिसा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए। यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने उनी बताउँछन्। उनले भने, ‘यस्ता विषयमा संसद अवरोध गर्नुपर्ने कुनै आधार नै छैन। छानबिनको दायरामा उहाँ हुनुहुन्न, आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छैन। बिना आधारमा सामाजिक सञ्जालमा फैलाइएको अफवाहकै आधारमा संसद अवरोधको कुरा हुन थालेको छ। कहीं पनि यस्तो गर्न मिल्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस बैठकमा कोइराला, बजगाईं र शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव

सोमबार बसेको नेपाली कांग्रेस  पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने नेताहरू डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्ने प्रस्ताव भएको छ। गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा धारणा बनाउन सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बसेको थियो। बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने तीन नेताहरूलाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको नेता शशांक कोइरालाले बताए। उनले आफूले सभापति देउवासँगै सो प्रस्ताव राखेको र सभापतिले स्पष्ट नभनेपनि मौन समर्थन गरेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको निष्कर्ष निकालेको छ। आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बताए। बैठकले अध्यागमनमा भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता कतैबाट पुष्टि नहुने भएकोले एउटा कर्मचारीको गल्तीमा सामाजिक सञ्जालमा अफवाह फैलाइदैमा राजीनामा नै दिनुपर्ने स्थिति नरहेको निष्कर्ष निकालेको हो। बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणबारे विस्तारमा आफ्नो कुरा राखेका थिए। लेखकको स्पष्टीकरणलाई पार्टीले पूर्ण रुपमा विश्वास गरेको प्रवक्ता महतले बताए। यस विषयमा गृहमन्त्रीले भोलिको संसद बैठकमा पनि स्पष्टीकरण दिने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिमल पौडेल नारायणी अस्पताल विकास समितिको सदस्यमा नियुक्त, पदभार ग्रहण

पर्सामा लोकप्रिय युवा नेताको छवि बनाएका बिमल पौडेलले आजबाट नारायणी अस्पताल विकास समितिको सदस्यको रुपमा पदभार ग्रहण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं