बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले अदालत प्रशासनले आफूमाथि गैरजिम्मेवारीपन देखाएको आरोप लगाएकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै निकिताले आफ्नो श्रीमानको आदेश सुन्न अदालतका प्रवक्ताको कार्यकक्षमा कुरिरहँदा आफूलाई सुनाउनुपूर्व मिडियामा चुहाएको गुनासो गरेकी छन्।
निकिताले दुई बजे बहस सकिएपछि आफू ७ घण्टासम्म आदेश कुरेर बसेको तर आफूले अदालतबाट आधिकारिक जानकारी पाउनुपूर्व मिडियाबाट आदेशबारे खबर थाहा पाएको बताएकी छन्।
उनले भनेकी छन्, ‘करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो। ‘एकैछिन है ...’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए। ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन प्रवक्ता। बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार। अदालतले न्याय त दिएन-दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ।’
उनले त्यसदिनको तनाव, अनिन्द्रा र रुवाई जिन्दगीकै अत्यन्तै कठिन दिन भएको उल्लेख गरिन्। उनले भोलिपल्ट भैरहवा जानुपर्ने आफू जिउँदझ लास भएर हिँडेको र रविको अगाडि पुगेपछि मात्र होस् खुलेको बताएकी छन्।
उनले भनेकी छन्, ‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?’
निकिताले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आफ्नो आस्था र विश्वासको जग बेस्सरी हल्लिए बताउँदै भनेकी छन्, ‘थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ!’
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया