बिएल संवाददाता
सोमबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने नेताहरू डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्ने प्रस्ताव भएको छ।
गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा धारणा बनाउन सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बसेको थियो।
बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने तीन नेताहरूलाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको नेता शशांक कोइरालाले बताए। उनले आफूले सभापति देउवासँगै सो प्रस्ताव राखेको र सभापतिले स्पष्ट नभनेपनि मौन समर्थन गरेको दाबी गरे।
उनले भने, ‘हामीले सभापतिलाई तपाईंले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो भन्ने, यसको समाधान त निकाल्नुपर्यो नि। एक आपसमा मूडभेड गरेर कसको फाइदा हुन्छ पार्टीमा? त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौं।’
शेखर कोइरालाले शनिबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने बताएका थिए।
राजेन्द्र बजगाईंले त पत्र नै पठाएर गृहमन्त्री र उर्जामन्त्रीलाई फिर्ता बोलाउन प्रस्ताव गरेका थिए। त्यस्तै सुनिल शर्माले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।
तर भिजिट भिसा प्रकरणमा आज बसेको पदाधिकारी बैठकले गृहमन्त्री निर्दोष रहेको निष्कर्ष निकाली सकेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया