बिएल संवाददाता
सोमबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने नेताहरू डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्ने प्रस्ताव भएको छ।
गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा धारणा बनाउन सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बसेको थियो।
बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने तीन नेताहरूलाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको नेता शशांक कोइरालाले बताए। उनले आफूले सभापति देउवासँगै सो प्रस्ताव राखेको र सभापतिले स्पष्ट नभनेपनि मौन समर्थन गरेको दाबी गरे।
उनले भने, ‘हामीले सभापतिलाई तपाईंले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो भन्ने, यसको समाधान त निकाल्नुपर्यो नि। एक आपसमा मूडभेड गरेर कसको फाइदा हुन्छ पार्टीमा? त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौं।’
शेखर कोइरालाले शनिबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने बताएका थिए।
राजेन्द्र बजगाईंले त पत्र नै पठाएर गृहमन्त्री र उर्जामन्त्रीलाई फिर्ता बोलाउन प्रस्ताव गरेका थिए। त्यस्तै सुनिल शर्माले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।
तर भिजिट भिसा प्रकरणमा आज बसेको पदाधिकारी बैठकले गृहमन्त्री निर्दोष रहेको निष्कर्ष निकाली सकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया