बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविकिरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
सोमबार उनले प्रहरी महानिरीक्षक दीपक थापालाई पत्र लेख्दै हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न माग गरेका हुन्।
आइतबार प्रधानमन्त्री ओलीले बागमती प्रदेशका निर्वाचित वडाध्यक्षहरूको भेलामा बोल्दै जेठ १५ गतेको राजावादी आन्दोलन तितरबितर पार्न निर्देशन दिँदै काठमाडौं एमालेको कब्जामा हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
आईजीपीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘शान्ति सुरक्षा खलल पुऱ्याउने, हिंसा भड्काउने र देशलाई द्वन्दतर्फ लैजाने कलुसित मनसायका साथ प्रधानमन्त्री केपी ओलीले योजनाबद्ध रुपमा संगठित रूपमा कुकृत्य गरिरहेको छानबिन हुनुपर्छ। त्यसको लागि उनलाई तुरुन्तै पक्राउ गरी हिरासतमा राख्न निवेदन गर्दछु।’
त्यस्तै उनले यस्ता हिंसात्मक अभिव्यक्तिलाई नजरअन्दाज गर्दा चैत १५ को स्थिति निम्तिने उल्लेख गर्दै यथाशीघ्र कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया