बुधबार, ०६ अगस्ट २०२५

जागरण अभियानबाट हौसिए प्रचण्ड, भन्छन्ः देश फेरि माओवादीमय हुने देखिरहेको छु

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशका वृद्धवृद्धाहरू, युवायुवतीहरू र बालबालिकाहरू एकचोटी फेरि माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको बताएका छन्। ‘जनतासँग माओवादी-मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवा, पोखरामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा र एकचोटी फेरि प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम् अभिभारा दिन नेपाली जनता तयार भएको बताएका हुन्। उनले भने, ‘यो देशका वृद्धवृद्धाहरू, युवायुवती र बालबालिकाहरू पनि एकचोटी फेरि माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको छ। देश माओवादीमय, स्वतन्त्रमय बन्दै गएको छ। हामी ०६४ जस्तै देश माओवादीमय हुने र प्रचण्डमय अवस्था देखिरहेको छु। निकै ठूलो जिम्मेवारी माओवादीको  काँधमा वा प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम् अभिभारा दिन नेपाली जनता तयार भएको महशुस गरेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

जनकपुर पुगेर गृहमन्त्रीले भनेः गलत गरेको दिनबाट राजनीतिमा देखा पर्दिनँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूले गलत काम गरेको प्रमाणित भएको दिनबाट राजनीतिमा देखा नपर्ने बताएका छन्। शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस विषयमा आफूले केही दिनपछि बोल्ने तर गृहमन्त्रालयले आजै विज्ञप्ति निकालेर स्पष्ट पार्ने बताए। लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुई/तीन दिन किन चुप लागेर बसेका थिएँ, यो कहाँबाट, कसरी, किन भइरहेछ भन्ने खोजीराखेको थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु। आजै काठमाडौं पुगेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई/चार दिनमा आफैं पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

ट्राफिक प्रहरीको ‘लुकिछिपी चेकजाँच’ प्रणालीमाथि प्रश्न…

काठमाडौं उपत्यकाका व्यस्त सडकमा ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच अझै जारी छ। अझ स्पिड जाँचका नाममा कुदिरहेको सवारी अगाडी झाँडीबाट फुत्त बाघले झम्टिए झैं ट्राफिक प्रहरीले झम्टिँदा दुर्घटनासमेत हुने गरेको छ। ट्राफिक प्रहरीको लुकीछिपी चेकजाँचकै क्रममा ०८१ साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएको थियो। दुर्घटनापछि चर्को आलोचना खेपेको प्रहरीले फेरि सोही किसिमको चेकजाँच थालेको छ। विशेषगरी भक्तपुर क्षेत्र वरपर यस्तो अवैज्ञानिक एव अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको संख्या दिनानुदिन बढ्दो छ। यस्तै किसिमको स्पिड लेजर गनमार्फत चेकजाँच शनिबार काठमाडौंको ग्वार्को-बालकुमारी क्षेत्रमा देखिएको थियो । साँघुरो सडक, अस्तव्यस्त सवारी, अव्यवस्थित ट्राफिक व्यवस्थापन र सवारी चालकबीचको चेतना अभाव यसअघि पनि दुर्घटनाका मुख्य कारण मानिँदै आएका थिए। तर, पछिल्लो समय ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँचले थप दुर्घटना निम्त्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्वार्को ओभरपासको काम धमाधम, जेठभित्रै गाडी कुदाउने तयारी

ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको ओभरपासको कामले गति लिएको छ। जेठ मसान्तसम्म काम सक्नेगरी धमाधम काम भइरहेको निर्माण कम्पनीको दाबी छ। सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर एक वर्ष म्याद थप गरेर काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ। निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको र्‍याम्प अर्थात फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी  गरेको छ। ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको र्‍याम्पमा बिहीबारदेखि प्राइम कोट बिछ्याउन सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन शेखरको सुझाव (भिडियोसहित)

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गृहमन्त्रालय लेखककै अन्डरमा रहेकाले प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउनु उपयुक्त हुने सुझाव दिएका हुन्। ‘अहिले रमेशजीको जुन कुरा आएको छ, गृहमन्त्रालय त उहाँकै अन्डरमा छ नि त। रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त। उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरें, छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस पनि देखिन्छ।’ भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन थालेपछि गृहमन्त्रीको समेत संगलग्नता गरहेको आरोप लागिरहेका छन्। गृह प्रशासन आफ्नै अन्डरमा रहेकाले अनुसन्धान निष्पक्ष हुनेमा आशंका उत्पन्न हुने भन्दै शेखरले लेखलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कास्कीका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन्। जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत कास्की पुगेका प्रचण्डलाई बामपन्थी दलहरूले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउन नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

नाति लिन आएकी बुहारीको खुकुरी प्रहार गरी हत्या, प्रहरीसमक्ष आत्मसमर्पण

शुक्रबार अपराह्न साढे चार बजेतिर ६१ वर्षीय मटकबहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले बुहारीको हत्यापछि प्रहरी चौकी खिम्तिमा आत्मासमर्पण गरेका छन्। उनका श्रीमानले गत साउनमा आत्महत्या गरेपछि पवित्रा मन्थली नगरपालिका-११ गेलुस्थित माइतमा बस्दै आएकी थिइन्। उनको ९ वर्षको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनुपर्ने बताउँदै आएकी थिइन्। मटकबहादुरले नाति आफूसँग राख्न पाउनुपर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए। जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

नेपाल घुम्न आएका भारतीयको तिनाउ ‘ड्यामसाइड’मा डुबेर गयो ज्यान

पाल्पाको तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्दे क्रममा बेपत्ता भारतीय नागरिकको शव फेला परेको छ। गत बिहीबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलाको ड्यामसाईडमा पौडी खेल्ने क्रममा १८ वर्षिय सोयव अन्सारी डुबेर बेपत्ता भएका थिए। भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएको बताइएको छ। उनको शव नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्दार टोलीले शनिबार दिउँसो फेला पारेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओ सम्झिदै एमाले महासचिवः विरोधीहरूले ‘आलोचना’ गरे भने सम्झिनु हामी सही ठाउँमा छौं

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओको भनाइ सेयर गर्दै एमालेले राम्रो काम गर्दा विरोधीहरूले आलोचना गर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जालमा माओले चिनियाँ क्रान्तिका सन्दर्भमा भनेको भनाइ सेयर गर्दै पोखरेलले एमालेजनलाई माओको भनाइ गहिरोगरी अनुभूत गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘विरोधीहरूले हाम्रा काम र नीतिको प्रशंसा गरे भने सम्झनु कतै भुल त भएको छैन? उनीहरूले तिखो आलोचना गरे भने सम्झनु हामी सही ठाउमा छौं।’ माओले चिनियाँ क्रान्तिका सन्दर्भमा भनेको यो भनाई एमालेजनलाई यतिबेला गहिरोगरी अनुभूती हुनु आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजमार्गहरू आंशिक सञ्चालनमा

शुक्रबार रातिदेखि नै अवरुद्ध दाउन्ने सडक पनि आंशिकरुपमा सञ्चालनमा आएको छ। अहिले एकतर्फीरुपमा गाडीहरू पास गराउने काम भइरहेको स्थानीय प्रहरीले जनाएको छ।  मर्मत भइरहेको दाउन्नेको सडक शुक्रबार राति भासिएको थियो।  केही दिनदेखि आंशिकरुपमा बन्द गरेरै मर्मत भइरहेको यो सडकखण्डका कारण पूर्वपश्चिम राजमार्गको यात्रा अनिश्चितजस्तै भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली सिमाका मदरसा र मस्जिदमा जाली नोट र हतियारको कारोबार!

‘नेपालका सिमाना क्षेत्रमा भएका कतिपय मदरसा र मस्जिदहरूमा हामीले अवैध नोट छाप्ने र त्यसको कारोबार हुने गरेको पनि पायौं। मदरसा खोल्ने हो भने त्यसबाट शिक्षा दिनुपर्छ। यो होइन कि मदरसालाई होटलजस्तो बनाएर विदेशीलाई आश्रय दिएको पाइएको छ’ उनले भनेका छन् ‘सरकारले त्यस्ता गैरकानुनी संरचनाहरूलाई नष्ट गर्नेछ। जो निर्दोष छन् र जसले शिक्षा दिइरहेका छन्। ती चलिरहेका छन्। उनीहरू निर्भिक र निडर भएर चल्नसक्छन्। यो राजनीतिक वा अरु कारण कुनै प्रतिशोध होइन। सरकारले कानुनी व्यवस्था लागु गर्न खोजेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले बोलायो, सचिवालय र केन्द्रीय समिति बैठक

शुक्रबार अबेर रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गर्दै सर्वोच्चले उनलाई ‘कसुरदार रहेनछन् भन्ने आधार नदेखिएको’ फैसला सुनाएको थियो।  त्यसलगत्तै रास्वपाको सचिवालय सदस्यहरूले भर्चुअल बैठक गरेका थिए। त्यही बैठकले आज केन्द्रीय समिति र सचिवालयको बैठक आह्वान गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेठ १५ को आन्दोलन पछि ओली आफै भाग्ने दिन आउन सक्छ

हालका दिनमा राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको राप्रपाले श्रृङ्खलावद्ध आन्दोलन गर्दै आएको छ। त्यसकै निरन्तरतामा राप्रपाले गणतन्त्र दिवसको दिन नै राजसंस्था माग गर्दै आन्दोलनको घोषणा गरेको छ। यसलाई राप्रपाले गणतान्त्रिक व्यवस्थालाई चुनाैती भनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले ईयूलाई ५० प्रतिशत कर लगाएपछि अर्को तनाव

ईयू अमेरिकाको मुख्य आयात ब्यापार केन्द्र हो। ईयूका प्रतिनिधिसँग ब्यापार वार्ताले गति नलिएको र उनीहरूले चासो नदिएको भन्दै ट्रम्पले आगामी जुन १ देखि ईयूबाट अमेरिका पुग्ने सबै सामग्रीमा ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका हुन्।  उनले अब कुनै पनि सम्झौताका लागि आफू तयार नभएको भन्दै सबै ढोकाहरू बन्द भएको घोषणा पनि गरेका छन्।  ‘हामीले सम्झौता तय गरिसकेका छौं त्यो भनेको ५० प्रतिशत भन्सार कर नै हो’ उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वाेच्चकाे जिकीर रवि कसुरदार रहेनछन् भन्ने आधार देखिएनन् (फैसलाकाे पूर्णपाठ)

सो मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको थियो। तर उक्त आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दर्ता गरेपछि उच्चले उनलाई फेरि उनलाई थुनामा राख्न आदेश दिएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि

रवि

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकजना उत्ताउलो मान्छेले हेलिकोप्टरबाट भाग्न दिन्छौं भनेछ : प्रधानमन्त्री

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्ल्लेख गर्दै उनले भने, ‘पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन। जनताको कुण्डली हेर्नुपर्छ। ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ। राजसिंहासनको कल्पना अब हुन्न। नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्। राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मातृभाषा पत्रकारिताको सुन्दरता होः अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ। योसहित नेपाली मिडियामा विभिन्न ८ मातृभाषाका आचारसंहिता प्रयोगमा आएका छन्। शुक्रबार काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बु भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गर्नुभयो। यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अनुमति बिना फोटो खिचेको भन्दै पत्रकारसँग जंगिए महासचिव, कारबाही गर्ने चेतावनी

'संसदका महासचिवले किन मुख छोपे भनी प्रश्न गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ। नेपालको संविधानको धारा १६ को उपधारा (१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ। त्यस्तै धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको छ', उनले लेखेका छन्, 'मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार कसैले कुनै व्यक्तिको अनुमति बिना फोटो खिच्ने कार्य फौजदारी कसूर हुन्छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ। मेरो सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र उल्लेखित कानूनी प्रवन्धको उल्लङ्घन गर्नेहरुलाई संवैधानिक तथा कानूनी प्रवन्धको जानकारी गराउने उद्देश्यले फोटो खिच्ने अनुमति प्रदान गर्न अस्वीकार गरेको व्यहोरा जानकारी गराउन चाहन्छु।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजतन्त्र फर्काउने राजावादीकाे सपना कहिल्यै पूरा हुँदैन–प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र नफर्किने बताएका छन्।  नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं