बुधबार, ०६ अगस्ट २०२५

अब ७० वर्षमा वृद्धभत्ता पाउने !

आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजना स्वीकृत गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको हाे। अब यो रिटमा आदेश आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थ मन्त्रालय प्रवेशमा कडाई, मन्त्री र कर्मचारी रातैभरि

‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहका ९ कर्मचारीको सरुवा

भट्टराईसहित मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालस्तरीय निर्णयबाट तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको सरुवा गरिएकाे बुझिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षा सम्बन्धि बनेका राम्रा नीतिहरू लागू भएन– शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा नजाँदा कतिपय कामको प्रक्रियाहरु लामो हुने समस्या रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चमा रविको रिटमा सुनुवाइ हुँदै, आदेश आजै आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।  शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो। हेर्दाहेर्दैमा राखिएको रिटमा आजै सुनुवाइ सकिने सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धनुषा एमाले: रघुवीर गुटको नेतृत्व

मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ। उनी नेता रघुवीर महासेठ निकट हुन्। भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतित्वन्दी लक्ष्मी नारायण यादवले मात्र २०२ मत प्राप्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन, पाकिस्तान र अफगानिस्तानबीच दोस्ती, भारतलाई डर!

भारतले यसअघिदेखि नै चीन-पाकिस्तानबीचको त्यो आर्थिक करिडोर परियोजनाको विरोध गर्दै आएको छ। किनकि यो करिडोर पाकिस्तान प्रशासित जम्मुकश्मिरकै बाटो जान्छ। जसलाई लिएर भारत-पाकिस्तानबीच वर्षौंदेखि युद्ध हुँदै आएको छ। सिपिईसी बिआरआई परियोजनाकै एक हिस्सा हो। त्यसैले पनि भारतले सधैं यसको विपक्षमा रहँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको रिट आज पनि सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अस्तित्व जोगाउन संघर्ष गरिरहेको हुलाक

अहिले हुलाक सेवाको पुनःसंरचना भएपछि ७७ जिल्लामा हुलाक पुगेको छ।  पहिलाको इलाका हुलाक कार्यालयहरु खारेज भएपछि ७ सय ५३ वटा पालिकामा हुलाक पुगेको छ। एक स्थानीय तह, एक हुलाक कार्यक्रम कार्यान्वयन पनि भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ, आदेश के होला?

‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भईरहेको छ। आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब केही जाहेरवालाका तर्फबाट बहस गर्न बाँकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवत: आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्वरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना नगर्न ट्रम्पको आदेश

‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूले देशको आन्तरिक कानुनलाई पालना गरेको देखिएन। त्यस कारण अबका दिनदेखि हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना रद्द गरिएको छ’ उनले लेखेकी छिन्।   उनका अनुसार हार्वर्ड विश्वविद्यालयमात्रै नभएर यो अमेरिकामा रहेका सबै विश्वविद्यालयका लागि एक चेतावनी पनि हो।  ट्रम्प प्रशासनको यो कदमलाई विश्वविद्यालयले भने ‘गैरकानुनी’ भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

१९ बर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएकोमा बाबुरामको आत्मालोचना

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका छन्।  बिहीबार काठमाडौंमा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालिन न्यायको असर’ विषयक नागरिक स्तरीय कार्यक्रममा उनले १९ वर्षसम्म द्वन्द्व पीडितको कुुरालाई थाती राख्ने कुरा दुःखलाग्दो भएको भन्दै यसबारे आत्मालोचना गरेर यो विषयलाई टुङ्गो लगाउनुपर्ने बताए। उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अझै सम्पन्न हुन सकेको छैन। हामीले केही महिना र वर्षभित्र सम्पन्न गर्ने भनेको कुरा १९ वर्षसम्म पूरा हुँदा द्वन्द्व पीडित परिवारको अवस्था के भएको होला? १९ वर्षसम्म यस्तो कुारालाई यसरी थाती राख्न मिल्छ? हामी सबै आत्मालोचक बन्नुपर्छ र यो विषयलाई टुङ्गो लगाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमतीको हत्या गरी पूजाकोठामा पुरेर फरार पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, गत फागुन १७ गते दिउँसो ४० वर्षीय हरिराम यादवले आफ्नी २५ वर्षीया श्रीमती अंजली यादवमाथि कुटपिट गरेका थिए। त्यसयता उनी करिब ३/४ दिनदेखि घरमा ताला लगाएर सम्पर्कविहिन भएका थिए। श्रीमती नदेखेको र श्रीमान पनि ताला लगाएर हिँडेपछि स्थानीयलवासीले आशंका गर्दै प्रहरीमा खबर गरेका थिए। खबर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले हरिरामको घरमा ताल्चा फोडी जाँच गर्दा, भुईंतल्लामा रहेको कुलदेवताको पूजाकोठामा नयाँ सिमेन्ट ढलान गरिएको ठाउँ भेटियो। उक्त स्थानमा खनेर हेर्दा करिब दुई फिट मुनिबाट नग्न अवस्थामा अंजली यादवको शव फेला परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

सहकारी ठगीमा एमाले नेता पक्राउ,

सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन्। सोह्रखुट्टेको दिगो पर्यटन सहकारी सस्थाबाट साढे ११ लाख ऋण लिएर नतिरेका अर्याललाई पक्राउपछि अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिएको छ। २०७४ सालमा आफैं सञ्चालक समितिमा रहेका बेला लिएको ऋण हालसम्म पनि नतिरेको र राजनीतिक आडमा रकम पचाउन खोजेको सहकारीको आरोप छ। एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य अर्याल एमालेको पर्यटन विभाग सदस्य समेत हुन्। हाल उनी एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको  सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ। मंगलबारदेखि सुनुवाइ सुरु गरिएको रविको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। तर, बुधबार संयुक्त इजलासका न्यायाधीशहरूको इजलास फरक-फरक परेपछि लामिछानेको मुद्दा हेरिएन। रविसँगै पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि एकैपटक हेरिँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं