नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालिन न्यायको असर’ विषयक नागरिक स्तरीय कार्यक्रममा उनले १९ वर्षसम्म द्वन्द्व पीडितको कुुरालाई थाती राख्ने कुरा दुःखलाग्दो भएको भन्दै यसबारे आत्मालोचना गरेर यो विषयलाई टुङ्गो लगाउनुपर्ने बताए।
उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अझै सम्पन्न हुन सकेको छैन। हामीले केही महिना र वर्षभित्र सम्पन्न गर्ने भनेको कुरा १९ वर्षसम्म पूरा हुँदा द्वन्द्व पीडित परिवारको अवस्था के भएको होला? १९ वर्षसम्म यस्तो कुारालाई यसरी थाती राख्न मिल्छ? हामी सबै आत्मालोचक बन्नुपर्छ र यो विषयलाई टुङ्गो लगाउनुपर्छ।’
बिएल संवाददाता
- काठमाडौं