बुधबार, ०६ अगस्ट २०२५

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी (माओवादी केन्द्र)मा समाहित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता रहेको बताएका छन्। जनतासँग माओवादी- मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता रहेको भन्दै अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको बताए। सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

पूर्वगभर्नर भन्छन्ः बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं ‘कन्फ्युज’ हुन्छौं

अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो (संशोधन विधेयक) २०८० का सम्बन्धमा छलफल भएको छ। बुधबार बसेको अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो। उक्त छलफलमा बोल्दै  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानुन विपरीत गरेको बताएका छन्। उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए। उनले भने, ‘यही समितिको कुरा हो गभर्नर। यही समितिमा म माग गर्दछु संसदीय समिति बनाईयोस् छानविन गराइयोस्। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ। कानुनी रुपमा गभर्नर नियुक्त छ की छैन भनेर  छानविन समिति बनाइनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखा समितिमा सत्ता र प्रतिपक्षी सांसदहरूबीच झन्डै ‘हात हालाहाल’ (भिडियोसहित)

सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ। बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच चर्काचर्की  भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन्। भट्टराईलाई केहीबेरअघि अख्तियारको टोलीले पक्राउ गरेको हो। उनी हिजो बेलुकीमात्रै गृह मन्त्रालय तानिएका थिए। यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृतका रुपमा कार्यरत थिए। त्यहाँ रहदा उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरी परेको थियो। सोही प्रकरणमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियार स्रोतले बतायो। अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालबाट बीजेपी नेताको सन्देशः भारतले युद्ध चाहेको छैन्,कसैले नउक्सावस्

भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिदै उनले भारतले युद्ध नचाएको बताएका हुन्। ‘अहिलेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले भनेका छन्। आदेश छ हामी पूरै दक्षिण एसियामा आतङ्कवादको परिक्षण गर्न दिँदैनौ। भारत युद्ध चाहदैन। भारतलाई नउक्साउनुहोला तर ती कश्मीरको पहलगाममा सहिद भएका २६ जना मानिसहरु जसमा एक जना नेपालीमूलको भाई पनि थियो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी सांसदले समिति सभापतिलाई माइकको झटारो हानेपछि…

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा माइक हानाहान भएको छ। बुधबार बिहान साढे ७ बजेका लागि बोलाइएको बैठक सकिनै लाग्दा समिति सदस्य माओवादी सांसद कल्पना मियाँ कुसारी टुप्लुक्क पुगेपछि स्थिति नोकझोकमा परिणत भएको थियो। स्रोतका अनुसार बैठकमा पुग्नेबित्तिकै कुसारीले बोल्न खोजेपछि सभापति किरणकुमार साहले रोकेका थिए। उनले समय लिएर मात्र बोल्न भनेपछि सांसद कुसारी आक्रोशित बनेकी थिइन्। कुसारीलाई सभापति साहले ‘ढिला आउने अनि कसको अनुमतिले बोल्न खोजेको?’ भन्दै थर्काएका थिए।  समितिबाट यस वर्ष भएका अनुगमनहरू प्रभावकारी नदेखिएको, आफू निकट सांसदहरूलाई मात्रै प्राथमिकता दिएको भन्दै चर्काचर्की सुरु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हितेन्द्रले सार्वजनिक गरेको ‘श्वेतपत्र’ यथार्थपरक रहेको उर्जामन्त्रीको दाबी

उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणको स्वेतपत्र यथार्थपरक रहेको बताएका छन्। बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको स्वेतपत्र यथार्थपरक रहेको बताएका हुन्। उनले भने, ‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको स्वेतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरूले तिर्नुपर्ने यकिन आइसकेको नभएर चाडै अडिट हुदैछ। यो कुरा भन्नुपर्छ सरकारी निकायहरूले आफ्नो कार्य पारदर्शी हुनुपर्छ।’ उनले महालेखा प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै अन्तराष्ट्रिय रुपमा मान्य हुने गरी अडिट गरी निर्णय गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप ‘ग्लोबल छनोट’मा स्थान सुरक्षित गरेर फर्किँदै महिला राष्ट्रिय टोली

आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कंदै छ। नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो। नेपाली टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ जनाएको छ। नेपाल पहिलो  पटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।  एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेर्दाहेर्दैमा राखिएको रविको मुद्दा आज नहेरिने, यस्तो छ कारण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको निरन्तर हुने भनिएको सुनुवाइ बुधबार नहुने भएको छ। लामिछाने पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमाथि मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सुनुवाइ गर्दै हेर्दाहेर्दैमा राखिएको थियो। तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको पेशी सूची प्रकाशित गरेको छ। रविसहितको निवेदनमाथि सुनुवाइ गर्ने इजलासका न्यायाधीशहरू छुट्टाछुट्टै इजलासमा परेपछि सुनुवाइ बुधबारको सुनुवाइ स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार, पाँच सय र हजारका नोट छाप्ने पहिलो निर्णय

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन्। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेका गभर्नर पौडेलले त्यस लगत्तै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्। पौडेल मंगलबार राष्ट्रबैंकको १८औं गभर्नर नियुक्त भएका थिए। पदभार ग्रहणपछि गभर्नर पौडेलले पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। पौडेलले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउँदै वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध गरेको भए परिमार्जन गर्दै जाने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री पौडेल भेट्न मन्त्रालय पुगे गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन्। बुधबार बिहान अर्थ मन्त्रालय पुगेर गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन्। सो अवसरमा अर्थमन्त्री पौडेलले बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे। नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए। उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमतामा जोड दिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकैदिन ५ हजार रुपैयाँले बढ्याे सुनकाे मूल्य

एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ। बुधबार सुनकाे मूल्य बढेसँगै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। त्यसैगरी चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ। अहिले चाँदी प्रतिताेला १९९० रुपैयाँ कायम भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ– प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाँको जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायले किन ‘कुनै शक्ति’ लाई  टेर्दैन?

त्यो भन्दा पनि अझ दयनीय त त्यहाँ भोकमरी सुरु भएको छ। र युद्धबाट भन्दा भयानक मृत्यु नागरिकले भोकमरीको भोग्नुपर्ने भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। उसले आगामी ४८ घण्टामा पनि त्यहाँ खाद्यान्न र राहत पुग्न सकेन भने १४ हजार बालबालिकाको ज्यान जानसक्ने चेतावनी पनि दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

झनै शक्तिशाली भए पाकिस्तानका सेना प्रमुख, अब ‘फिल्ड मार्सल’

यो पद भनेको जनरल भन्दा माथिल्लो हुन्छ। काँधमा पाँच तारा लगाएका फिल्ड मार्सल भनेको आजीवन पद हो। उनको मृत्यु नभएसम्म अहिले पाउँदै आएको सबै अधिकार, शक्ति र सेवा सुविधा उनीहरूलाई दिइन्छ। प्राय युद्धका बेला सेनालाई निर्णायक बनाउनका लागि यो पद दिइन्छ। यस्तो चलन भारत, बेलायत, जर्मनीलगायतका देशहरूमा पनि छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

म्याग्दीमा भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा

रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ। भूमेपूजापछि लिङ्गो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै

सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ। सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ। चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ। पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जैमिनीमा बढ्दो बसाइँसराइः गाउँ सुनसान

बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन्। धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन्भने घर जीर्ण बन्दै गएका छन्। सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको हो। जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ