बिहिबार, ०७ अगस्ट २०२५

गभर्नर नियुक्ति गर्ने भनिएको मन्त्रिपरिषद बैठक अचानक स्थगित

आज साँझ ६ बजेका लागथि तय भएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। गभर्नर नियुक्तिको तयारीमा रहेको मन्त्रिपरिषद बैठक अन्तिम समयमा एक्कासी स्थगित गरिएको हो। आजैको मन्त्रिपरिषदले राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्नेसक्ने बताइएको थियो। मन्त्रिपरिगद अचानक किन स्थगित भयो भन्ने खुलिसकेको छैन। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्न सकारात्मक छैनन्। उनले थप छलफल आवश्यक रहेको भन्दै बैठक स्थगित गरेको स्रोतले बतायो। मन्त्रिपरिषद बैठकको अर्को मिति तोकिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राधिका भन्छिन्ः जवानीमा त राजनीति गरिनँ, अब निभ्न लागेको बत्तीजस्तै उमेरमा किन आउछु र?

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउन कुनै चासो नभएको बताएकी छन्। सोमबार आफूले लेखेको पुस्तक ‘करुणा’बारे आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र? भन्दै प्रश्न गरिन्। उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने संकेत गरिन्।   उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरूका प्रश्न आएका छन्। यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन। मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन। अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र? के पाउछु र? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु। जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको दाबीः ०८४ मा एमालेलाई बहुमत ल्याउन असम्भव छैन

प्रधानमन्त्री केपी ओलीले हालको निर्वाचन पद्धतिमा कुनै एक दलले बहुमत ल्याउन मुस्किल भएपनि ०८४ को चुनावमा एमालेलाई एकल बहुमत ल्याउन असम्भव नरहेको दाबी गरेका छन्। सोमबार एमालेनिकट उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेका लागि बहुमत ल्याउँन सम्भव रहेकाले मिसन ०८४ मा एमालेको बहुमत ल्याउने तयारीमा जुटिरहेको बताए। ओलीले भने, ‘हामीले अहिले यो प्रणाली चुनिसकेका छौं। अहिले यही कायम रहन्छ। यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्छ। चुनौतीपूर्ण भएपनि एमालेका लागि सम्भव छ। त्यसैले हामीले मिसन ०८४ एमालेको एकल बहुमत ल्याउने तयारीमा जुटिरहेका छौं।’ उनले देशलाई विकास र सुशासनको बाटोमा अघि बढाउन एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने जिकीर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका सांसदहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना

कोशी प्रदेशका सांसदहरू सवार गाडी दुर्घटनामा परेको छ। सोमबार कोशी प्रदेश सभा बैठकमा सहभागी हुन जानेक्रममा चारजना सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको हो। सांसदहरू सवार बा५च ३५२० नम्बरको गाडी विपरित दिशाबाट आइरहेको कारसँग ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। सांसदहरू झापाबाट विराटनगरतर्फ आउँदै थिए। उक्त गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए। गाडी मैयाँ श्रेष्ठको भएको बताइएको छ। गाडीमा सामान्य क्षति पुगेको छ। तर, सांसदहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

तीनकुने घटनालाई कुनै ‘धर्म वा आस्था’सँग जोड्न मिल्दैन्: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको सवालमा जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा व्यक्त गरे। ‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु,’ गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन। त्यसैले, हिंसालाई धर्मसंग जोड्न सकिँदैन। तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधान विपरित छ जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन।’ उनले उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ‘मूल समारोह समिति’ गठन

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको हो। मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव, सदस्यसचिव रहने छन्। बैठकले जेठ १५ गतेको दिवसका लागि जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ-सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जादुवाला नम्बर’हरूले सरकारविरुद्ध भ्रम फैलाएः एमाले

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरूले ‘वर्तमान सरकारले केही गरेन’ भन्ने भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरू चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरू गरी अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरूबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए। उनले भने, ‘अहिलेको सरकारले निराशाहरु चिरेर आशामा रुपान्तरण गर्ने, गतिहिनतामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरू गरी अगाडि बढिरहेको छ। तर जनतामा निराश छाउनेगरी अभिव्यक्तिहरू आइरहेका छन्। गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो। यो संसदमा पनि यस्ता प्रवृत्तिहरू देखिरहेका छौं। जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरू, जादुवाला नम्बर भएकाहरूबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौं त्यो केबल भ्रम मात्र हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

‘नेपालको संविधानको धारा ३१ अनुसार प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरिएको छ भने धारा ५१ मा शिक्षा क्षेत्रलाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सीपमूलक, रोजगारमुखी र जनमुखी बनाई सक्षम, नैतिक र राष्ट्रिय हितमा समर्पित जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ। आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ– मन्त्री सिंह

उनले भने, ‘नेपालको भूवनावट एकदमै चुनौतीपूर्ण छ। त्यसकारण सिमेन्टको प्रयोगले बाटोघाटो निर्माण गर्न सहज हुन्छ र बाटो गुणस्तर बढाउनको लागि सिमेन्टको खर्च धेरै भएपनि लामो समय टिक्ने भएको हुनाले यसको प्रयोग राम्रो हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछाने ३४ दिन गृहमन्त्री बन्दा सबै ‘तस्करी नियन्त्रण’मा लिएको रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सभापति रवि लामिछानेले ३४ दिनमात्रै गृह मन्त्रालय सम्हाल्दा सबै तस्करहरू नियन्त्रणमा लिएको दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै  काम गर्न नसकेको बताएका हुन्। उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ- जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन्। तर त्यसपछिका गृहमन्त्रीहरू तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन्। यो हो हामीले गर्ने स्टन्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृहमन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौं भन्ने कुरा स्टन्ट हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारसँग भड्कियाे शिक्षक महासंघ, सबै सहमति लत्याइएको आरोप

‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले पेस गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयकभन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो। सरूवा झन् शिक्षक मारा भयो। अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन भएन। विभागीय कारबाही जस्ताको तस्तै रहयो। बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरिषद्को बैठक बस्दै

आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जो बाइडेनको शरीरमा फैलिएको प्रोष्टेट क्यान्सर कति घातक?

चिकित्सकीय भनाइअनुसार प्रोटेस्ट क्यान्सर सामान्य हो। उमेर ढल्किदैं जाँदा हरेक पुरुषमा यस्तो क्यान्सरका कोसिकाहरू देखा पर्नसक्छन्। तर यसले कुन चरण पार गरेको छ भन्नेमा त्यसको आक्रामकता मापन हुन्छ।  बाइडेनको शरिरमा देखा परेको यो प्रोटेस्ट क्यान्सर भने नवौं श्रेणीमा पुगिसकेको छ। जो निकै घातक मानिन्छ। उनको शरिरका हड्डीसम्मै क्यान्सरका कोसिकाहरू फैलिइसकेका छन्। त्यसले यसलाई ‘हाइ ग्रेड’को क्यान्सर भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन्। बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

पुटिन र जेलेन्स्कीभन्दा अघि युरोपेली नेताहरूसँग वार्ता गर्दै ट्रम्प

जर्मनका चान्सलर फ्रिड्रिख मर्त्जका अनुसार ट्रम्पले पनि यो सामूहिक वार्तालाई स्वीकार गरेका छन्। र आफू युक्रेनमा भइरहेको आक्रमण रोक्न चाहेको बताएका छन्।  यसबीचमा रुसले युक्रेनमाथि निकै ठूलो आक्रमण गरेको छ। रुसका कम्तीमा ३०० भन्दा बढी मानवरहित ड्रोनहरूले युक्रेनी भुमिमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसको क्षति विवरण भने आइसकेका छैनन्।  ट्रम्पले रुस र युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्ने बताएका थिए। ट्रम्पले अमेरिकी समयअनुसार सोमबार बिहान १० बजे उनले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग फोनमा कुराकानी गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ

बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो। यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन्। बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङलाई व्यावसायिकता दिने प्रयास गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

संघीय संसद्का दुवै सदनको बैठक बस्दैः यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ