बिहिबार, ०७ अगस्ट २०२५

लिङदेनलाई सूर्यकाे प्रश्न, उषाकाे जवाफ

एमाले सांसद सूर्य थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। राजावादी आन्दोलनको तयारीका लागि आयोजित बैठकमा सम्बोधन गर्दै लिङदेनले अबको आन्दोलन निर्णायक हुने र प्रधानमन्त्रीलाई नै भगाउने अभिव्यक्ति दिएका थिए। उनले प्रधानमन्त्रीलाई हेलिकप्टर चढेर भाग्न दिने टिप्पणीसमेत गरेका थिए। लिङदेनलाई थापाले समाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै आफूहरूलाई पनि पूर्व आन्दोलनकारी बताउँदै ‘हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौं?’ भन्दै प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस नेता विश्व पौडेल गभर्नर नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार साझ बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अक्षय कुमार–परेश रावलबीच बढ्न थाल्यो ‘दुश्मनी’...!

तर सायद, दर्शकहरूको पर्खाइ निकै लामो हुनेछ। केही समयअघि मात्र फिल्मको घोषणा भएको थियो। तब सुनील शेट्टी, अक्षय कुमार र परेश रावलको जोडी देखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्साको भगुवाबाट ८१ हजार ट्याब्लेट लागूऔषध बरामद

सशस्त्र प्रहरीले पर्साको विरगंजबाट अवैध लागुऔषध बरामद गरेको छ। विरगंज महानगरपालिका-२ भगुवास्थित सीमा इलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको हो। सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले उक्त लागूऔषध बरामद गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदीको बाटो कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गर्दा गस्तीमा रहेको सुरक्षा फौजलाई देख्ना साथै लागूऔषध छाडेर फरार भएका सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

रविको मुद्दामा सकिएन बहस, हेर्दाहेर्दैमा राखियो

रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।  यसअघि ६ पटक उक्त रिट निवेदन हेर्न नमिल्नेमा परेको थियो। मंगलबार लामिछानेको तर्फबाट अधिवक्ताहरू सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेका छन्। इजलासले बहस आजै सक्ने गरी छोट्याउन आग्रह गरेपनि लामिछानेका तर्फबाट कानुन व्यवसायीहरूले मात्र बहस गर्न भ्याए। अब बुधबार पूर्वडीआईजी छविलाल जोशी र सहकारी पीडितका तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन्। उक्त बहस सकिएपछि जवाफी बहस हुनेछ। त्यसपछि मात्र आदेश आउनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेश सदर, गभर्नर बन्न खुल्यो बाटो

सर्वोच्च अदालतले गभर्नर बन्ने चर्चामा रहेका डा. विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सदर गरेको छ। दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो। योसँगै पौडेललाई गभर्नर बन्ने बाटो तत्काललाई खुलेको छ। गभर्नर बन्ने चर्चामा रहेका विश्व पौडेल गभर्नर नियुक्तिका लागि अयोग्य रहेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुस्ताङमा हलिउड फिल्मको छायांकन सुरु

बलिउड फिल्म ‘खुदा गवाह’ छायांकनपछि विश्वका फिल्मकर्मीहरूको नजरमा परेको नेपालको मुस्ताङमा सबैभन्दा ठुलो लागतको हलिउड फिल्म ‘टासी’को सोमबारदेखि छायांकन सुरु भएको छ।  पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित ‘टासी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा भइरहेको हो। अमेरिकी प्रविधि कम्पनी एप्पलले ‘टासी’ निर्माण गर्न लागेको हो। स्थानीय सहजकर्ता पाल्गेन गुरुङका अनुसार हलिउड, बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म टोली अहिले मुस्ताङमा सक्रिय छन्। करिब एक महिनासम्म फिल्म सुटिङ हुनेछ। ‘करिव तीन–चार सयको हाराहारीमा निर्माण टोली र जनशक्ति सक्रिय छन्। डेढसय जति सानाठूला गाडीहरू आएका छन्। शौचालय, बाथरुम, किचन र सुत्ने समेतको व्यवस्था भएका सवारी साधन पनि मुस्ताङ आइपुगेका छन्,’ गुरुङले भने।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

रविको मुद्दामा धमाधम सुनुवाइ, होलान् थुनामुक्त?

रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ भइरहेको हो। यसअघि पटकपटक हेर्न नमिल्नेमा परेको रविको रिटमा आज भने सुनुवाइ भएको हो। रविका कानुन व्यवसायीहरूले आजै आदेश आउनसक्ने सम्भावना रहेको बताएका छन्। सर्वोच्चले जिल्लाको फैसला सदर गर्दै उच्चको फैसला बदर गर्नेमा रविका कानुन व्यवसायीहरू ढुक्क देखिएका छन्। यदि जिल्लाकै आदेश सदर भएका लामिछाने जिल्लाकै धरौटीका आधारमा थुनामुक्त हुनेछन्। तर, उच्चकै फैसला सदर भएमा उनको कारागार बसाइ लम्बिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विकास प्रक्रिया’मा सांसदको भूमिका थप प्रभावकारी बनाउन सूर्य थापाको माग

नेकपा एमालेका सांसद सूर्य थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागिएको भन्दै आपत्ति प्रकट गरे। उनले भने, ‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योयास्रित रुपमा जोड्नु अनिवार्य छ। समाजमा एकथरी मानिसहरू यसकार्यमा सांसदलाई अलग गर्नुपर्ने वाहियात छलफल, बुद्धिविलास, पूवाग्रही एवम् नकारात्मक भाष्य निर्माण गर्न लागेको भेटिन्छन्।’ उनले सांसदहरूलाई कोष नभइ योजना सिफारिस गर्ने अधिकार भएको बताए। उनले निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित नहुने भन्दै यसमा आम नागरिकको असन्तुष्टि थप बढ्दै जाने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गभर्नरमा विश्व पौडेल ‘फाइनल’, बाँकी औपचारिकता मात्रै!

नेपाल राष्ट्र बैंकको गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेल पक्का भएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा पौडेललाई नै गभर्नर बनाउने सहमति जुटेको विश्वस्त स्रोतले बतायो। सत्तारुढ दल कांग्रेस-एमालेबीच नै कुरा नमिल्ला लामो समयदेखि गभर्नर सिफारिसको विषय पेचिलो बनिरहेको थियो। ओली-देउवाबीचको निर्णायक छलफलपछि गभर्नरमा पौडेलको नाम फाइनल भएको हो। प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिका लागि मंगलबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवासँग ‘निर्णायक’ छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद बैठक, आजै गभर्नर नियुक्ति!

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्। मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी ओलीले बैठक आह्वान गरेका हुन्। आजै दिउँसो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। उनीहरूबीच गभर्नर नियुक्तिबारे निर्णायक छलफल भएको थियो। छलफल लगत्तै प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका उनको सचिवालयले बताएको छ। यता अर्थमन्त्री गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरिसकेका छन्। समितिको बैठक आजै अपराह्न बस्दै छ। समितिले राष्ट्र बैंकको सम्भावित गभर्नरमा तीनजनाको नाम सिफारिस गर्ने छ।  समितिले सिफारिस गर्ने बित्तिकै मन्त्रिपरिषद बैठक बस्नेछ। समितिले सिफारिस गरेका तीनजनामध्येबाट मन्त्रिपरिषदले एकजनालाई गभर्नरमा नियुक्त गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली-देउवा भेट लगत्तै अर्थमन्त्रीले बोलाए ‘गभर्नर सिफारिस समिति’को बैठक

गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरेका छन्। पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। समितिले राष्ट्र बैंकको सम्भावित गभर्नरमा तीनजनाको नाम सिफारिस गर्ने छ। समितिले सिफारिस गरेकामध्येबाट एकजना गभर्नर नियुक्त हुनेछन्। आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो। उक्त भेटपछि अर्थमन्त्रीले सिफारिस समितिको बैठक आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहिद घोषणामा ‘त्रुटि’ भएको प्रचण्डको स्वीकारोक्ति

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तर्क्रिया गरेका छन्। मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा धारणा राखेका थिए। उनीहरूले घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरेका थिए। कार्यक्रममा अध्यक्ष प्रचण्डले पनि जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम

जेठ १५ बाट आन्दोलन चर्काउने लिङदेनको चेतावनी, भनेः प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसको दिनदेखि सुरु हुने राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना पक्षधरको आन्दोलनले प्रधानमन्त्रीलाई नै भाग्न बाध्य पार्ने चेतावनी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङदेनले अबको आन्दोलन निर्णायक हुने र प्रधानमन्त्रीलाई नै भाग्न बाध्य बनाउँने गरी आन्दोलन चर्काउँने दाबी गरे। उनले भने, ‘अस्ति प्रधानमन्त्रीले संसदमा भन्नुभयो- ‘अब उमेरको हिसाबले पनि भाग्न सकिदैन, भाग त भन्नुभएन नि हो।’ भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अस्वस्थ’ भन्दै संसद गएनन् ओली, बालुवाटारमा देउवासँग गफिँदै!

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न सभापति देउवा मंगलबार मध्याह्न बालुवाटार पुगेका हुन्। सोमबारको मन्त्रिपरिषद बैठकबाट राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी भएपनि ओलीले अन्तिम समयमा बैठक नै स्थगित गरेका थिए। लगत्तै ओलीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन्। ओलीले हिजो पनि देउवासँग भेट्ने तयारी गरेका थिए तर, देउवा ओली भेट्न गएनन्। आजको भेटमा दुई नेताबीच गभर्नर नियुक्तिकै विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो।  यता प्रधानमन्त्री ओली अस्वस्थ भन्दै संसद बैठकमा सहभागी भएनन्। प्रधानमन्त्री नजाने भएपनि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर स्थगित

संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे छ।  आजको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनप्रतिनिधिले गरे विद्यालयमा तालाबन्दी

विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधि समेतको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताल लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

पाकिस्तानसँग के त्यस्तो हतियार छ, जसको सबैलाई ‘डर’ छ

भारतले युद्धका लागि धावा बोल्दै गर्दा पाकिस्तानले पटक पटक परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो।  तर युद्ध चर्किन पाएन। लडाईं सुरु भएको ८६ घण्टामै त्यो थामियो।  र, अझै पनि भारत र पाकिस्तानको परमाणु हतियारलाई लिएर विश्व निकै त्रस्त छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु (तस्बिरहरु)

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा सोमबारबाट प्रदर्शनी सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्पले भने, रुस र युक्रेनको युद्ध चाँडै अन्त्य हुन्छ

पुटिनसँग उनले लगभग २ घण्टा कुराकानी गरेका थिए। यसलाई उनले युद्धअन्त्यको एउटा सकारात्मक कदम भनेका छन्।  दुबै राष्ट्रपतिले चाँडै नै युद्धबिराम र त्योभन्दा अघि बढेर युद्ध अन्त्यकै लागि कदम चाल्ने विश्वास पनि उनले लिएका छन्।  कुराकानीबाट सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले २ घण्टाको वार्ता निकै राम्रो र उपलब्धिमुलक भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ