बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिरामका लागि चाँडै नै रुस र युक्रेनले निर्णायक वार्ता सुरु गर्ने बताएका छन्। ३ वर्षदेखि चल्दै आएको युद्ध रोक्न अनेक प्रयास गरिरहेका ट्रम्पले सोमबार रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए।
पुटिनसँग उनले लगभग २ घण्टा कुराकानी गरेका थिए। यसलाई उनले युद्धअन्त्यको एउटा सकारात्मक कदम भनेका छन्।
दुबै राष्ट्रपतिले चाँडै नै युद्धबिराम र त्योभन्दा अघि बढेर युद्ध अन्त्यकै लागि कदम चाल्ने विश्वास पनि उनले लिएका छन्।
कुराकानीबाट सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले २ घण्टाको वार्ता निकै राम्रो र उपलब्धिमुलक भएको बताएका छन्।
‘युद्धबिरामका लागि रुस र युक्रेनले चाँडै नै वार्ता सुरु गर्नेछन्। त्यो भन्दा पनि अझ जरुरी युद्धको अन्त्य नै हो’ ट्रम्पले भनेका छन् ‘त्यसका शर्तहरूबारे उनीहरूले नै कुराकानी गर्नेछन् र टुङ्गोमा पुग्नेछन्। हामीलाई चाहिएको युद्धअन्त्य हो। लडाईंको समाप्ती हो।’
यी दुई राष्ट्रपतिहरूसँग कुराकानी गर्नुअघि उनले युरोपेली नेताहरूसँग कुराकानी गरेका थिए। रुस र युक्रेन दुबै अमेरिकाका ब्यापारिक साझेदार रहेको भन्दै युद्धका कारण दुबैले ठूलो क्षति भोग्नुपरेको पनि ट्रम्पले बताएका छन्।
यसअघि रुस र युक्रेनी पक्षबीच टर्कीमा वार्ता भएको थियो। पुटिन आफैले आह्वान गरेको त्यो वार्तामा दुबै राष्ट्रपति भने बसेनन्। मन्त्रिस्तरीय त्यो वार्ताको मध्यस्थता पनि अमेरिकाले नै गरेको थियो। त्यतिबेला खाडी राष्ट्रको भ्रमणमा रहेका ट्रम्पले अब आफैले पुटिनसँग कुरा नगर्दासम्म युद्धबिराम हुन नसक्ने बताएका थिए।
भ्रमणबाट फर्केलगत्तै उनले पुटिनसँग कुराकानी गरेका हुन्।
पुटिनले शान्ति स्थापनाका लागि युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको ट्रम्पलाई बताएका थिए। त्यसबारे ट्रम्पले जेलेन्स्कीलाई पनि जानकारी दिएका छन् र चाँडै वार्ता गर्न भनेका छन्। जेलेन्स्कीले त्यसमा अमेरिकी मध्यस्थताको जरुरी रहेको भन्दै सार्थक वार्ताका लागि ट्रम्पसँग अपिल पनि गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया