बिएल संवाददाता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसको दिनदेखि सुरु हुने राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना पक्षधरको आन्दोलनले प्रधानमन्त्रीलाई नै भाग्न बाध्य पार्ने चेतावनी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङदेनले अबको आन्दोलन निर्णायक हुने र प्रधानमन्त्रीलाई नै भाग्न बाध्य बनाउँने गरी आन्दोलन चर्काउँने दाबी गरे।
उनले भने, ‘अस्ति प्रधानमन्त्रीले संसदमा भन्नुभयो- ‘अब उमेरको हिसाबले पनि भाग्न सकिदैन, भाग त भन्नुभएन नि हो।’ भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो।’
उनले पहिले जस्तो एक्लै-एक्लै आउनभन्दा सपरिवार आन्दोलनमा सहभागी हुन आग्रह गरे। उनले छरछिमेकहरूलाई पनि आन्दोलनमा आउन प्रेरित गर्न निर्देशन दिए।
उनले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताउँदै आन्दोलनको अनुगमन गर्न मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई पनि आग्रह गर्ने बताए।
उनले भने, ‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रो तर्फबाट कुनै पनि हिंसात्मक क्रियाकलाप हुँदैन। अरुलाई पनि हामीले हिंसा गर्न दिँदैनौं। सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया