बिहिबार, ०७ अगस्ट २०२५

देउवासँग ‘निर्णायक’ छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद बैठक, आजै गभर्नर नियुक्ति!

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्। मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी ओलीले बैठक आह्वान गरेका हुन्। आजै दिउँसो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। उनीहरूबीच गभर्नर नियुक्तिबारे निर्णायक छलफल भएको थियो। छलफल लगत्तै प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका उनको सचिवालयले बताएको छ। यता अर्थमन्त्री गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरिसकेका छन्। समितिको बैठक आजै अपराह्न बस्दै छ। समितिले राष्ट्र बैंकको सम्भावित गभर्नरमा तीनजनाको नाम सिफारिस गर्ने छ।  समितिले सिफारिस गर्ने बित्तिकै मन्त्रिपरिषद बैठक बस्नेछ। समितिले सिफारिस गरेका तीनजनामध्येबाट मन्त्रिपरिषदले एकजनालाई गभर्नरमा नियुक्त गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली-देउवा भेट लगत्तै अर्थमन्त्रीले बोलाए ‘गभर्नर सिफारिस समिति’को बैठक

गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरेका छन्। पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। समितिले राष्ट्र बैंकको सम्भावित गभर्नरमा तीनजनाको नाम सिफारिस गर्ने छ। समितिले सिफारिस गरेकामध्येबाट एकजना गभर्नर नियुक्त हुनेछन्। आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो। उक्त भेटपछि अर्थमन्त्रीले सिफारिस समितिको बैठक आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहिद घोषणामा ‘त्रुटि’ भएको प्रचण्डको स्वीकारोक्ति

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तर्क्रिया गरेका छन्। मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा धारणा राखेका थिए। उनीहरूले घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरेका थिए। कार्यक्रममा अध्यक्ष प्रचण्डले पनि जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम

जेठ १५ बाट आन्दोलन चर्काउने लिङदेनको चेतावनी, भनेः प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसको दिनदेखि सुरु हुने राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना पक्षधरको आन्दोलनले प्रधानमन्त्रीलाई नै भाग्न बाध्य पार्ने चेतावनी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङदेनले अबको आन्दोलन निर्णायक हुने र प्रधानमन्त्रीलाई नै भाग्न बाध्य बनाउँने गरी आन्दोलन चर्काउँने दाबी गरे। उनले भने, ‘अस्ति प्रधानमन्त्रीले संसदमा भन्नुभयो- ‘अब उमेरको हिसाबले पनि भाग्न सकिदैन, भाग त भन्नुभएन नि हो।’ भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अस्वस्थ’ भन्दै संसद गएनन् ओली, बालुवाटारमा देउवासँग गफिँदै!

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न सभापति देउवा मंगलबार मध्याह्न बालुवाटार पुगेका हुन्। सोमबारको मन्त्रिपरिषद बैठकबाट राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी भएपनि ओलीले अन्तिम समयमा बैठक नै स्थगित गरेका थिए। लगत्तै ओलीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन्। ओलीले हिजो पनि देउवासँग भेट्ने तयारी गरेका थिए तर, देउवा ओली भेट्न गएनन्। आजको भेटमा दुई नेताबीच गभर्नर नियुक्तिकै विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो।  यता प्रधानमन्त्री ओली अस्वस्थ भन्दै संसद बैठकमा सहभागी भएनन्। प्रधानमन्त्री नजाने भएपनि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर स्थगित

संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे छ।  आजको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनप्रतिनिधिले गरे विद्यालयमा तालाबन्दी

विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधि समेतको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताल लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

पाकिस्तानसँग के त्यस्तो हतियार छ, जसको सबैलाई ‘डर’ छ

भारतले युद्धका लागि धावा बोल्दै गर्दा पाकिस्तानले पटक पटक परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो।  तर युद्ध चर्किन पाएन। लडाईं सुरु भएको ८६ घण्टामै त्यो थामियो।  र, अझै पनि भारत र पाकिस्तानको परमाणु हतियारलाई लिएर विश्व निकै त्रस्त छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु (तस्बिरहरु)

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा सोमबारबाट प्रदर्शनी सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्पले भने, रुस र युक्रेनको युद्ध चाँडै अन्त्य हुन्छ

पुटिनसँग उनले लगभग २ घण्टा कुराकानी गरेका थिए। यसलाई उनले युद्धअन्त्यको एउटा सकारात्मक कदम भनेका छन्।  दुबै राष्ट्रपतिले चाँडै नै युद्धबिराम र त्योभन्दा अघि बढेर युद्ध अन्त्यकै लागि कदम चाल्ने विश्वास पनि उनले लिएका छन्।  कुराकानीबाट सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले २ घण्टाको वार्ता निकै राम्रो र उपलब्धिमुलक भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ। मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए। उनले भने, 'हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ। चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु

बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ। स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

आजको मौसमः यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बैतडीमा एकैसाथ हुरी र असिनापानी, एक जना घाइते

हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन्। सोमबार बेलुका आएको हुरीसँगैको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

‘मध्यपहाडी लोकमार्ग’को अवधारणा बसाइँसराइ रोक्न ल्याइएको होः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भइ स्थानीय सरोकारवालासँग विकास र समृद्धीका विषयमा छलफल गरेका छन्। उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए। दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए। उनले उत्तर-दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यवसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट गरे। ‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइँसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, वैदेशिक रोजगारी र बसाइँसराइ को क्रम यथावत रहनु चिन्ताको विषय हो।’

बिएल संवाददाता

बिएल संवाददाता - दैलेख

डाइभर्सन गरिएको ठाउँमा बस र म्याजिक भ्यान जुध्दा एक युवतीको घटनास्थलमै मृत्यु

सर्लाहीको रानीगन्जमा बस र म्याजिक ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा आठजना घाइते भएका छन्। लालबन्दी नगरपालिका-१७ स्थित रानीगन्जको घिमिरे चोकमा सोमबार अपराह्न पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारेका लागि छुटेको ना६ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना१ज २६४५ नम्बरको म्याजिक एकआपसमा जुध्दा म्याजिकमा सवार रानीगन्जकै २२ वर्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ। दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

हुम्लाको बाढी-पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका-६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएको हो। मन्त्री लेखकले विस्थापितहरूका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनकाम लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिउका छन्। बैठकमा गृहमन्त्री लेखकले विस्थापितहरूको तत्काल खानेबस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्नसमेत निर्देशन दिए। राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिए। हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका-६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीयवासी विस्थापित भएका छन। अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएको खबर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१५ फिट गहिराइमा भेटियो कालीगण्डकीमा बेपत्ता बालकको शव

म्याग्दीको रघुगंगा गाउँपालिका-३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ। सोही ठाउँका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउँसो साढे १२ बजे करिब १५ फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गभर्नर नियुक्ति गर्ने भनिएको मन्त्रिपरिषद बैठक अचानक स्थगित

आज साँझ ६ बजेका लागथि तय भएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। गभर्नर नियुक्तिको तयारीमा रहेको मन्त्रिपरिषद बैठक अन्तिम समयमा एक्कासी स्थगित गरिएको हो। आजैको मन्त्रिपरिषदले राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्नेसक्ने बताइएको थियो। मन्त्रिपरिगद अचानक किन स्थगित भयो भन्ने खुलिसकेको छैन। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्न सकारात्मक छैनन्। उनले थप छलफल आवश्यक रहेको भन्दै बैठक स्थगित गरेको स्रोतले बतायो। मन्त्रिपरिषद बैठकको अर्को मिति तोकिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राधिका भन्छिन्ः जवानीमा त राजनीति गरिनँ, अब निभ्न लागेको बत्तीजस्तै उमेरमा किन आउछु र?

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउन कुनै चासो नभएको बताएकी छन्। सोमबार आफूले लेखेको पुस्तक ‘करुणा’बारे आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र? भन्दै प्रश्न गरिन्। उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने संकेत गरिन्।   उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरूका प्रश्न आएका छन्। यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन। मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन। अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र? के पाउछु र? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु। जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं