बिएल संवाददाता
कोशी प्रदेशका सांसदहरू सवार गाडी दुर्घटनामा परेको छ।
सोमबार कोशी प्रदेश सभा बैठकमा सहभागी हुन जानेक्रममा चारजना सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको हो। सांसदहरू सवार बा५च ३५२० नम्बरको गाडी विपरित दिशाबाट आइरहेको कारसँग ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
सांसदहरू झापाबाट विराटनगरतर्फ आउँदै थिए। उक्त गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए। गाडी मैयाँ श्रेष्ठको भएको बताइएको छ।
गाडीमा सामान्य क्षति पुगेको छ। तर, सांसदहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया