बिएल संवाददाता
प्रधानमन्त्री केपी ओलीले हालको निर्वाचन पद्धतिमा कुनै एक दलले बहुमत ल्याउन मुस्किल भएपनि ०८४ को चुनावमा एमालेलाई एकल बहुमत ल्याउन असम्भव नरहेको दाबी गरेका छन्।
सोमबार एमालेनिकट उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेका लागि बहुमत ल्याउँन सम्भव रहेकाले मिसन ०८४ मा एमालेको बहुमत ल्याउने तयारीमा जुटिरहेको बताए।
ओलीले भने, ‘हामीले अहिले यो प्रणाली चुनिसकेका छौं। अहिले यही कायम रहन्छ। यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्छ। चुनौतीपूर्ण भएपनि एमालेका लागि सम्भव छ। त्यसैले हामीले मिसन ०८४ एमालेको एकल बहुमत ल्याउने तयारीमा जुटिरहेका छौं।’
उनले देशलाई विकास र सुशासनको बाटोमा अघि बढाउन एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने जिकीर गरे।
त्यस्तै उनले सामाजिक सञ्जालमा एमालेविरोधीहरू देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तिव्र ढंगले अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरूले गलत प्रचार गरिरहेका आरोप लगाए।
उनले भने, ‘अहिले हामीमाथि प्रहार भइरहेको छ। हामीले त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्छ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया