मङ्गलबार, ०५ अगस्ट २०२५

‘पुटिन पागल भइसके’, ट्रम्प भन्छन्, ‘उनले मान्छे मारिरहेका छन्’

‘मलाई लाग्छ पुटिन त अहिले पूर्णरुपमा पागल नै भइसकेका छन्। तर जेलेन्स्कीको बोलीले पनि झन परिस्थिति बिग्रिइरहेको छ’ उनले भनेका छन् ‘यो मेरो युद्ध होइन। मैले त यो घातक युद्धको आगोलाई निभाउने प्रयास गरिरहेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हिमाली जिल्लाका लुलु गाई संरक्षणतर्फ ध्यान पुगेको छैन’

हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो। पारिस्थितिक प्रणाली (इको सिस्टम)मा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ। जुरो नभएको स्थानीय गाईका जातमध्ये लुलु गाई एक हो। अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ। यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

त्रिपन्न लाखभन्दा बढीमा बागवानीको आँप ठेक्कामा

उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा रु ५३ लाख ७१ हजारमा ठेक्का लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जेठ १३ को संसद सामान्य नहुने रास्वपाको चेतावनी, के गर्दैछ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने सङ्केत गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अब बस्ने संसद् बैठक सामान्य नहुने चेतावनी दिए। बैठकमा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ। प्रवक्ता झाले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाः दुर्गा प्रसाईंविरुद्ध ज्यान मुद्दासहित ४ केस, धवल र रविन्द्रविरुद्ध…

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनको घटनामा कमाण्डर दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ। प्रहरीले आन्दोलनका जनकमाण्डर प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रमेश लेखसहित कांग्रेसका शीर्ष नेता लिएर बालुवाटार पुगे देउवा, के भयो छलफल

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसहितका नेताहरुसँग छलफल गरेका छन् । आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग छलफल गरेका हुन्। बैठकमा एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल कृषिमन्त्री रामनाथ अधिकारी थिए। कांग्रेसका तर्फबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजू राणालगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटनमन्त्रीको गुनासोः एउटा मात्रै मन्त्रालयले पर्यटन क्षेत्रलाई न्याय दिन नसकिने रहेछ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राज्यले नेपालका पर्यटकीय क्षेत्रको लागि न्याय दिन नसकेको बताएका छन्। आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनमन्त्री हुनुको नाताले कतिपय ठाउँका योजनाका मागहरू हेर्दा न्याय गर्न नसकिरहेको बताएका हुन्। उनले भने,‘फोटो प्रदर्शनीमा थुप्रै फोटोहरू देख्यौं। ती अद्वितीय ठाउँहरूमा हामीले केही न केही गर्नुपर्ने छ। राज्यले केही गर्नुपर्ने छ। तर यतिखेर हामीसँग साधन, स्रोतको अभाव छ। म पर्यटनमन्त्री हुनुको नाताले आएका मागहरू, योजनाका कुराहरू हेर्दा न्याय गर्न सकिरहेको छैनौं, जस्तो लाग्छ। अहिले फोटो हेर्दा मलाई भित्र-भित्रै पोलिरहेको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने एमालेको निर्णय

नेकपा (एमाले)को ५२ औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए। बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै भने,‘आजको बैठक समसामयिक विषयमा केन्द्रीत थियो। बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। यस अवसरमा जनसमुदायलाई पनि गणतन्त्र दिवस उत्साहपूर्वक मनाउन आह्वान गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महरासँग जोडिएकी रोशनी आफ्नै डेरामा मृत् भेटिइन्

माओवादी उपाध्यक्ष तथा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी मुद्दा हालेकी रोशनी शाही मृत फेला परेकी छन्। भक्तपुरको सूर्यविनायक-२ वृहस्पतिमार्गमा डेरा गरी बस्दै आएकी शाही डेराभित्रै मृत फेला परेकी हुन्। श्रीमान डेरामा नभएका बेला उनले अत्यधिक औषधि सेवन गर्दा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। डेराबाहिर रहेका श्रीमान फर्किएपछि ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका फोडिएको थियो। त्यतिबेलासम्म रोशनीको सास रोकिइसकेको थियो। उनको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

जीवन र समस्यासँग लडिरहेकाहरूको कथा ‘के घर के डेरा: घर नं २’

हरेक मानिसको जीवनमा एउटा घर बनाउने सपना हुन्छ। जिन्दगीभर कडा मेहनत र परिश्रम गरेर घर बनाउने ठूलो रहर बोकेर कैयौं युवा शहर पसेका हुन्छन् भने कतिपय युवा खाडी भासिएका छन्। यो पछिल्लो समयको यथार्थता पनि हो। एउटा घर होस्, सानो परिवार होस् र परिवारका हरेक सानातिना खुशी, रहर र आवश्यकता पुरा गर्न सकुँ भन्ने सबैको चाहना हुन्छ। तर त्यही घर बन्न जसरी पैसासँगै घर बनाउने विविध सामग्रीको आवश्यकता हुन्छ त्यसरी नै परिवार वा सम्बन्धलाई मजबुत बनाउन पनि माया, विश्वास र भरोसाको आवश्यकता हुन्छ। घर मात्र भएर पनि हुँदैन। सम्बन्धभित्र दरार आएपछि त्यो घर भत्किन धेरै समय लाग्दैन। त्यसपछि आफ्नै घर अनि सम्बन्ध नै मसानघाट लाग्न थाल्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेरो कम्बोडियामा ‘लगानी’ छ भनेर हल्ला फैलाउने प्रचण्ड होः ‌‌ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले ‘कम्बोडियामा लगानी छ’ भनेर आफ्नोविरुद्ध भ्रम फैलाएको आरोप लगाएका छन्। आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ओलीले प्रचण्डले आफूविरुद्ध प्रचार गरिरहेको र माधव नेपाल र झलनाथ खनाल उनैको पछि लागेको टिप्पणी गरे। उनले भने, ‘कम्बोडियामा मेरो ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल (प्रचण्ड) हो। त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्।’ ओलीले आफूले कम्युनिष्ट भनेर पार्टी एकता गरेपनि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर देशी विदेशी तत्वहरूले एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वडाध्यक्षहरूलाई ओलीको चेतावनीः चुनाव जितें भनेर नभाग्नुस्, अर्कोपटक पनि आउँछ

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूलाई जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्न निर्देशन दिएका छन्। आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

राजावादीको आन्दोलन बिथोल्न ओलीको निर्देशन

गणतन्त्र दिवसका दिन जेठ १५ गते नै राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा सबै राजावादी दल र संघसंगठनहरूले आन्दोलनको घोषणा गरेका छन्।  ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं पूरै एमालेको कब्जामा हुनुपर्छ। कसले कसरी कहाँबाट गर्ने हो, आन्दोलनको कुनै प्रोटोकल हुँदैन। जो जहाँबाट अघि बढे पनि हुन्छ…’ उनले भने।  राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरु सल्बलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गर्दै उनले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता -

ग्वार्को ‘फ्लाईओभर’को अनुगमनमा यातायातमन्त्री, असार १ बाट सञ्चालनमा ल्याउने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन्। आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन्। सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए। उनले भने, ‘फ्लाई ओभरको काम कर्मचारीहरूले पनि हेर्नुपर्ने थियो। तर सुरुमा समस्या देखिएन पछि गएर देखियो। त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो। जसका कारण ढिला भयो। ढिलै भएपनि परिणाम राम्रै आएको छ। अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने हाम्रो तयारी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविविरुद्धको आदेशमा त्रुटि भेटियो, आजै सच्याउन पेशी तोकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि भेटिएको छ। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेशलाई ‘फैसला’ लेखिएको भेटिएको छ। सोही त्रुटि सच्याउन आइतबार सर्वोच्च अदालत आफैंले उनीहरूकै इजलासमा पेसी तोकेको सर्वोच्चका सहप्रवक्ता उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला, राजीनामा आवश्यक नभएको जिकिर

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौला गृहमन्त्री रमेश लेखकको बचाउमा उत्रिएका छन्। आइतबार विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले एउटा कर्मचारीको गल्तीलाई आधार बनाएर प्रमुखको राजीनामा माग्नुले गलत नजिर बस्ने बताउँदै लेखकको बचाउ गरेका हुन्। नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको दाबी गर्दै कर्मचारीमाथि आरोप लागेका बेला गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

मुकुल देवको निधनले शाेकमा डुब्याे बलिउड...

'सन और सरदार २' मा उनीसँगै काम गरेका देवगनले लेखेका छन्, 'अझै बुझ्ने प्रयास गर्दैछु... मुकुल यो सबै यति छिटो र अचानक भयो। तिमीसँग सबै कुरा हलुका बनाउने तरिका थियो, सबैभन्दा कठिन दिनमा पनि। ओम शान्ति।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजीनामाको दबाव झेल्दै गृहमन्त्री

यो प्रकरणपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आमनागरिकस्तरबाटै दबाव बढ्न थालेको छ। प्रतिपक्ष दलका सांसदहरूले समेत गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्।  उनकै पार्टी नेपाली काँग्रेसभित्रै पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेको छ। शनिबार बिराटनगरमा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पनि गृहमन्त्रीले राजीनामा दिएर छानबिनलाई सजिलो बनाउनुपर्ने धारणा राखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जापान भ्रमण उपलब्धिमूलक भयो’

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न पाँच दिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छिन्। गएराति स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा राणाले भ्रमणका क्रममा जापानका उच्च अधिकारीहरूसँग भएका भेटवार्ता तथा छलफल नेपालका लागि महत्त्वपूर्ण रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ