बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले ‘कम्बोडियामा लगानी छ’ भनेर आफ्नोविरुद्ध भ्रम फैलाएको आरोप लगाएका छन्।
आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ओलीले प्रचण्डले आफूविरुद्ध प्रचार गरिरहेको र माधव नेपाल र झलनाथ खनाल उनैको पछि लागेको टिप्पणी गरे।
उनले भने, ‘कम्बोडियामा मेरो ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल (प्रचण्ड) हो। त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्।’
ओलीले आफूले कम्युनिष्ट भनेर पार्टी एकता गरेपनि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर देशी विदेशी तत्वहरूले एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गरे।
उनीहरूले अरुको विरोध नगर्ने तर एमालेको मात्रै विरोध गर्ने दाबी गर्दै ओलीले एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण भएको बताए।
उनले माधव-झलनाथले पार्टी प्रमुख हुँदा राम्रोसँग चलाउन नसकेको दाबी गरे। ओलीले उनीहरूल पछिसम्म पार्टी चाँही कब्जामा लिएर बस्न खोजेको आरोप लगाए।
उनले भने, ‘हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरूलाई चित्त बुझेन। अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन्। देशी विदेशी प्रक्रियावादीहरूले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन। यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ।’
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया