बिएल संवाददाता
धनुषाको लक्ष्मिनिया गाउँपालिका-५, बनिनियाँमा श्रीमतीको हत्या गरी फरार एक पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, गत फागुन १७ गते दिउँसो ४० वर्षीय हरिराम यादवले आफ्नी २५ वर्षीया श्रीमती अंजली यादवमाथि कुटपिट गरेका थिए। त्यसयता उनी करिब ३/४ दिनदेखि घरमा ताला लगाएर सम्पर्कविहिन भएका थिए।
श्रीमती नदेखेको र श्रीमान पनि ताला लगाएर हिँडेपछि स्थानीयलवासीले आशंका गर्दै प्रहरीमा खबर गरेका थिए।
खबर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले हरिरामको घरमा ताल्चा फोडी जाँच गर्दा, भुईंतल्लामा रहेको कुलदेवताको पूजाकोठामा नयाँ सिमेन्ट ढलान गरिएको ठाउँ भेटियो। उक्त स्थानमा खनेर हेर्दा करिब दुई फिट मुनिबाट नग्न अवस्थामा अंजली यादवको शव फेला परेको थियो।
घटनापछि यादव करिब १० महिनाकी छोरीसहित फरार थिए। मृतक अंजलीका पिता शिवधारी यादवले आफ्ना ज्वाईं हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि घटनामा प्रतिवादीको संलग्नता पुष्टि भएको थियो।
जाहेरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति प्राप्त गरी खोजी जारी रहँदा जेठ ८ गते बिहान ९ बजे जनकनन्दनी गाउँपालिका-४ स्थित खजुरी रेल्वे स्टेशनबाट प्रतिवादी यादवलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र प्रतिवादीसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया