बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउन थालेको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताए।
उनले देश बिग्रियो भने युवाको भविष्य बिग्रने दाबी गरे। उनले देशका तीन ठूला दलका नेताहरूका कारण देश बिग्रिएकाले युवाहरूको भविष्य अन्योलमा परेको दाबी गरे।
उनले तीन करोड जनसंख्या भएको देशमा ६० लाखभन्दा बढी विदेशमा छन् भने देशको अवस्था कस्तो होला? भन्दै प्रश्न गरे।
उनले शान्तिपूर्वक ढंगले लाखौं जनता सडकमा आयौं भने एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका थिए।
त्यस्तै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफैं अगाडि आउने भन्ने आफैंमा भरपर्ने बताए।
उनले भ्रष्टाचारीका विरुद्द एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको सविंधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया