बिएल संवाददाता
हिंसात्मक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न पत्र लेखेका राप्रपा नेता रविकिरण हमाललाई प्रहरीले पक्राउ गरी २० घण्टा हिरासतमा राखेको छ।
हमालले प्रहरी महानिरीक्षक दीपक थापालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई पक्राउ गरी हिरासतमा राख्न माग गरेका थिए। तर, प्रधानमन्त्रीलाई पक्राउ गर्न भनेका हमाल आफैं पक्राउ परेका हुन्।
सोमबार साँझ ६ बजे पक्राउ परेका हमाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको थियो। प्रहरीले उनलाई मंगलबार दिउँसो २ बजे हिरासतमुक्त गरेको हो।
प्रहरीले छोडेलगत्तै हमालले प्रेस वक्तव्य सार्वजनिक गर्दै प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई पक्राउ गरिएको दाबी गरेका छन्।
उनले भने, ‘मलाई पक्राउ गर्नुको कारणबारे प्रहरी अधिकृत समक्ष सोधपुछ गर्दाखेरी माथिको आदेश अर्थात् प्रधानमन्त्रीको आदेशमा पक्राउ गरिएको जानकारी प्राप्त गरें।’
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया