बिएल संवाददाता
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अबरुद्ध गरेका छन्।
प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेर विरोध गरेका थिए।
त्यसपछि सभामुखले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए। उनले निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग गरे।
त्यसपछि सभामुखले सभाप अगाडि बढाउने खोजेका थिए। विपक्षी सांसदहरूले फेरि उठेर विरोध गरेपछि रास्वपा सांसद शिशिर खनाललाई बोल्न दिएका थिए। खनालले रवि लामिछाने गृहमन्त्री हुँदा अहिलेका गृहमन्त्री लेखकको भनाइ सुनाउँदै उनलाई तत्काल राजीनामा दिन माग गरे।
त्यसपछि सभामुखले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिएका थिए। घिमिरेलाई बोल्न दिएपछि विपक्षी सांसदहरूले नाराबाजी सुरु गरेका थिए। त्यसपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया