बिएल संवाददाता
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अबरुद्ध गरेका छन्।
प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेर विरोध गरेका थिए।
त्यसपछि सभामुखले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए। उनले निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग गरे।
त्यसपछि सभामुखले सभाप अगाडि बढाउने खोजेका थिए। विपक्षी सांसदहरूले फेरि उठेर विरोध गरेपछि रास्वपा सांसद शिशिर खनाललाई बोल्न दिएका थिए। खनालले रवि लामिछाने गृहमन्त्री हुँदा अहिलेका गृहमन्त्री लेखकको भनाइ सुनाउँदै उनलाई तत्काल राजीनामा दिन माग गरे।
त्यसपछि सभामुखले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिएका थिए। घिमिरेलाई बोल्न दिएपछि विपक्षी सांसदहरूले नाराबाजी सुरु गरेका थिए। त्यसपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया