
बिएल संवाददाता
‘वन रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ।
शनिबार आयोजना गरिएको दौड ललितपुरको पाटन दरबार कृष्ण मन्दिरबाट सुरु भएर मंगलबजार हुँदै पुलचोक, जावालाखेल (चिडियाखाना), एकान्तकुना, सातदोबाटो हुँदै बल्खु, कलंकी, सितापाइला हुँदै फेरि कृष्ण मन्दिरमै गएर अन्त्य भएको थियो।
हाफ म्याराथन, १० किमी, ५ किमी र १ किमी विधाहरू समावेश गरिएको दौडमा हाफ म्याराथन पुरुषतर्फ नेपाल आर्मीका शुशीलकुमार शाहीले १ घण्टा ५ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै विजेता बने भने महिलातर्फ आर्मीकै निशा सार्कीले १ घण्टा २८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै विजयी बनिन्।
त्यस्तै हाफ म्याराथन मास्टर्स पुरुषतर्फ किरनसिंह बोगटी रजवार विजेता बने। त्यस्तै १० किमी खुल्ला पुरुषतर्फ सन्जय श्रेष्ठ, महिलातर्फ सन्तोषी श्रेष्ठ, १० किमी मास्टर्स पुरुषतर्फ मनिन महर्जन, ५ किमी खुल्ला पुरुषतर्फ रुपेश कार्की, महिलातर्फ आशा रावत विजयी बने।
त्यस्तै ५ किमी स्कुल पुरुषतर्फ अजय पाण्डे, महिलातर्फ अस्मिता भुजेल विजयी बने।
एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजितत दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूसहित सबै उमेरका धावकहरूलाई सहभागी हुने अवसर दिइएको थियो।
विश्वकै ठुलो अन्तर्राष्ट्रिय हाफ म्याराथन ‘वन रन’ आज मे २४ नेपालसहित विश्वभरका ११० वटा सहरहरूमा एकैदिन आयोजना भएको हो।
यो अन्तराष्ट्रिय हाफ म्याराथन दुई पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश भइसकेको छ।
ललितपुर महानगरपालिकाका उपमेयर श्री मन्जली शाक्य बज्रचार्यलगायत अतिथिको उपस्थिती थियो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया