
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः ‘ब्ल्याक बक्स’ खाेज्दै अधिकारीहरू?
विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेका थिए। जसमा १८ जनाकाे मृत्यु भएकाे हाे भने एक जनाकाे जीवितै उद्दार गरिएकाे हाे। उद्दार गरिएका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज लगिएको छ। विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ। अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले विमानको ‘ब्ल्याक बक्स’ खाेजिरहेकाे छ।

बिएल संवाददाता - काठमाडाैँ