सोमबार, १५ सेप्टेम्बर २०२५

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

झापाको हल्दीवारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेके छ। हल्दीबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बिर्तामोड

कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ। पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ। भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ। त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन्। त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुमपश्चिमको आठबिसकोट–६ रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।  आर्थिक वर्ष २०८०–०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ।  गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो। उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ।  वन डिभिजन कार्यालयका अनुसार  चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ।  उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा रु ६ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर रु ५ लाख ६१ हजार ५ सयमा सीमित  भएको थियो।  यद्यपि गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी सङ्कलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ। उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

विपद्मा १३३ जनाको मृत्यु, कहाँ कति?

देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय ३३ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कुलमान हटाउने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले उद्योगमा काटिएको बिजुली जोडिदिन निर्देशन दिए पनि कुलमानले ओलीको निर्देशन मानेका छैनन्। साउन ४ गते ओलीले निर्देशक कुलमानलाई बोलाएर काटिएका उद्योगको लाइन तत्काल जोडिदिन भने पनि साउन ८ गतेसम्म उद्योगमा लाइन जोडिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार लामालाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विभिन्न संसदीय समितिमा १८ सदस्यको नाम हेरफेर, प्रचण्ड र रवि राज्य व्यवस्थामा

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरको प्रस्ताव गरेका थिए। प्रस्तावित सदस्यहरूको नाम संसद बैठकले अनुमोदन गरेको हो। जसअनुसार संसदीय सुनुवाइ समितिमा रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा. स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याल आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौँ दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकारात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु हटाई महानगरलाई जानकारी दिन निर्देशन दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारमा कसलाई पठाउने वा नपठाउने संसदीय दलले निर्णय गर्छ: नेता चौधरी

काँग्रेस र नेकपा एमालेको नयाँ समीकरणसँगै लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। योसँगै काँग्रेस अहिलेका लागि एमालेको सत्ता साझेदार हो। योसँगै अहिले एमाले र काँग्रेसले सरकारमा पठाउने मन्त्रीहरू छनोटमा व्यस्त छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ वटा उद्योगमा काटिएको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

प्राधिकरणले बिजुली महसुल नतिरेपछि असार २५ देखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो। तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियमअनुसार बक्यौता रकम असुली गर्ने गरी प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएनन्: कांग्रेस सांसद

उनले भने, ‘३४ वर्षका हाम्रो उपहार बहुदलीय व्यवस्था हो। यो व्यवस्था हाम्रो उपहार हो। तर यसै व्यवस्थामा ठूलाबढाको कुरा गर्ने तर जनताको नगर्ने परिपाटीको विकास भएको छ। सरकार जनताभन्दा धेरै ठूलो र टाढा भएको अनुभुति भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेप्से उच्च विन्दुमा, १४ अर्ब ११ करोड माथिको कारोबार

आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अमुख उद्योगमा काटिएको विद्युत लाइनलाई सरकारले आफ्नो प्रतिष्ठाकाे विषय बनायाे’

उनले अमुख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीसँग रुसी महिला भलिबल टोलीको भेट

उनले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक छ: शेखर कोइराला

दुई ठुला दल एक ठाउँमा उभिँदा निरकुंशता बढ्न सक्ने शंका रहेको भन्दै डा.कोइरालाले आफूहरुले सरकारले गरेका कामको मूल्यांकन संसदमा गर्ने बताए। साथै सरकारका कामको मूल्यांकन जनताले पनि गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमुख्यमन्त्री कार्कीले मन्त्रालयका सचिवलाई कुटपिट गर्ने धम्की दिएको आरोप

सचिव भट्टराईले साेमबार साँझ ४ बजेर ५३ मिनेटमा आफू मन्त्रालयमा काम गरिरहेकाे बेला पूर्वमुख्यमन्त्री कार्कीले फोन गरेर कुटपिट गर्ने धम्की दिएको आरोप लगाएका हुन्। उनले आफूमाथि कुटपिट गर्ने धम्की आएकाे भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदनसमेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा ज्ञानेन्द्र शाही- फेरि तपाईंहरूकोदिन नआओस् गिरीबन्दु खै भनेर कराउनुपर्ने

साथै उनले एनसेल प्रकरण र मेलम्चीलगायतका भ्रष्टाचारका काण्डहरू सँगसंगै कराउने दिन आउन सक्ने बताए। उनले अहिलेको सरकारलाई धमाधम काम गर्न र भ्रष्टाचारका काण्डहरू खोलेर प्रकाउ गर्न पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीलाई एमालेको प्रश्न- लगातार जिम्मेवारीमा रहँदा डेडिकेटेड र ट्रंक लाइन विवाद किन समाधान नगरेको?

सांसद गिरीले थपे, ‘राज्यले निर्णय लिँदा विधिमा टेकेर लिनुपर्छ कि पर्दैन। नियमअनुसार भए उतिबेला नै किन महसुल नउठाएको? डेडिकेटेड तथा ट्रंक लाइनका नाममा वर्षौंसम्म किन हेरेर बसेको? लेनदेन छैन भने?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सातौँ पटक बजेट प्रस्तुत गर्दै नयाँ कीर्तिमान बनाइन् भारतीय अर्थमन्त्री सीतारमणले

यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौँ बजेट हुनेछ। यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो भारतीय अर्थमन्त्री बनेकी छन्। यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५ हजार घुस दिएको पूर्वमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले माग्याे सभामुखको रुलिङ

उनले भने, ‘यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा एक नाम पूर्व मन्त्री तथा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूसमा आफ्नो छोराको काम भयो भन्ने अभिव्यक्ति राख्नुभएको थियो। गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं