
‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर’
प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठुलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्। उनले भने,'हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएको छ।' चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गरे। पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए। उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।

बिएल संवाददाता - काठमाडाैँ