बिएल संवाददाता
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ। आइतबार बिहानदेखि अवरुद्ध बनेको कालीकोट–जुम्ला खण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो।
स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए। 'कर्णाली राजमार्गमा वर्षात्का समयमा पहिराको जोखिम उच्च रहेकाले विशेष ध्यान दिएर यात्रा गर्न पटकपटक सूचना जारी गरिरहेका छौँ', उनले भने, 'आज बिहान खसेको पहिरो पन्छाएर अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालन भइरहेको छ।'
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन जुम्लाले आग्रह गरेको छ। अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म–गमगडीका विभिन्न खण्डमा सडक अवरुद्ध हुने गरेकाले अवस्था बुझेर यात्रा गर्न डिभिजन कार्यालयले आग्रह गरेको हो।
सडक डिभिजनको जुम्लाको कार्यक्षेत्र कर्णाली राजमार्गअन्तर्गत दैखोला–कालीकोट हुँदै नाग्मसम्म र नाग्म–गमगढी सडकका विभिन्न खण्ड पहिराको उच्च जोखिममा रहेका छन्।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया