बिएल संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेद्वार नहुने घोषणा गरेका छन् । कोभिड १९ भएर डेलावरस्थित घरमा आराम गरिरहेका बाइडेनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उम्मेद्वार नहुने घोषणा गरेका हुन् ।
उनले "यो मेरो पार्टी र देशको हितमा छ" भन्दै पुन: चुनावका लागि आफ्नो उम्मेदवारी अन्त्य गर्ने घोषणा गरेका हुन् । उनले अगाडि लेखेका छन्, 'र पुन: निर्वाचित गर्ने मेरो मनसाय भएको बेला, म उभिनु मेरो लागि मेरो पार्टी र देशको हितमा छ र मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा जिम्मेवारी पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्न चाहन्छु।"
उनले यस विषयमा अर्को साता राष्ट्रका नाममा सम्बोधन गर्ने आफ्नो वक्तव्यमा बताएका छन् ।
राष्ट्रपति बाइडेनले आफ्ना उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिँदै उनी एक "असाधारण साझेदार" भएको बताए।
शारीरिक रूपले अशक्त हुँदै गएका बाइडेनमा केही समययता बिर्सने रोगको संकेत देखिएको थियो । उनले पछिल्लोसमय युक्रेनका राष्ट्रपति जिलेन्स्वेकीलाई पुटिन भनेका थिए ।
ट्रम्पसँगको पिहलो राष्ट्रपति बहसमा कमजोर लेदिएपछि उनीमाथि उम्मेद्वारी छोड्ने ठूलो दबाब सिर्जना भएको थियो । केही सिनेटर र ४५ जना डेमोक्रेटिक कंग्रेसमेनले नै उनलाई उम्मेद्वारी छोड्न सार्वजनिक रूपमै आग्रह गरेका थिए ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया