बिएल संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेद्वार नहुने घोषणा गरेका छन् । कोभिड १९ भएर डेलावरस्थित घरमा आराम गरिरहेका बाइडेनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उम्मेद्वार नहुने घोषणा गरेका हुन् ।
उनले "यो मेरो पार्टी र देशको हितमा छ" भन्दै पुन: चुनावका लागि आफ्नो उम्मेदवारी अन्त्य गर्ने घोषणा गरेका हुन् । उनले अगाडि लेखेका छन्, 'र पुन: निर्वाचित गर्ने मेरो मनसाय भएको बेला, म उभिनु मेरो लागि मेरो पार्टी र देशको हितमा छ र मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा जिम्मेवारी पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्न चाहन्छु।"
उनले यस विषयमा अर्को साता राष्ट्रका नाममा सम्बोधन गर्ने आफ्नो वक्तव्यमा बताएका छन् ।
राष्ट्रपति बाइडेनले आफ्ना उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिँदै उनी एक "असाधारण साझेदार" भएको बताए।
शारीरिक रूपले अशक्त हुँदै गएका बाइडेनमा केही समययता बिर्सने रोगको संकेत देखिएको थियो । उनले पछिल्लोसमय युक्रेनका राष्ट्रपति जिलेन्स्वेकीलाई पुटिन भनेका थिए ।
ट्रम्पसँगको पिहलो राष्ट्रपति बहसमा कमजोर लेदिएपछि उनीमाथि उम्मेद्वारी छोड्ने ठूलो दबाब सिर्जना भएको थियो । केही सिनेटर र ४५ जना डेमोक्रेटिक कंग्रेसमेनले नै उनलाई उम्मेद्वारी छोड्न सार्वजनिक रूपमै आग्रह गरेका थिए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया