बिएल संवाददाता
वीर अस्पतालमा एक महिनाकाे अवधिमा ८० जना ब्रेन ट्युमरका बिरामीकाे शल्यक्रिया भएकाे छ।
अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसकाे अवसरमा गत जेठ २६ गतेदेखि अस्पतालले सुरु गरेकाे एकमहिने नि:शुल्क शल्यक्रिया अभियानअन्तर्गत ८० जनाकाे शल्यक्रिया भएकाे राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्रा.डा. राजीव झाले जानकारी दिए।
अभियान गत जेठ २६ गतेदेखि असार २६ गतेसम्म सञ्चालन गरिएकाे थियाे।
डा. झाका अनुसार ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्ति, तिनका परिवार र समाजलाई सहयाेग गर्नुकाे साथै अवस्थाबारे विस्तृत जानकारी प्राप्त गर्ने उद्देश्यले अभियानकाे सुरुवात गरिएकाे हाे।
याे अभियानका क्रममा अस्पतालमा दैनिक ६ देखि ८ जनासम्म बिरामीकाे शल्यक्रिया गरिएकाे थियाे। ‘करिब २२ दिनमा हामीले ८० विरामी ब्रेन ट्युमरको अप्रेशन गर्यो,’ उनले भने, ‘ती मध्येमा एकदमै जटिता ट्युमरको शल्यक्रिया गर्दा दुई-तीन जनाको डेथ पनि भयो होला।’
देशभरिका सबै अस्पतालमा करिब सयजना बिरामी ब्रेन ट्युमरकाे उपचारका लागि अस्पताल धाउने गर्छन्। अस्पतालमा आउने सयमध्ये तीनजनामा अर्थात् सयमा तीन प्रतिशत जाेखिमा रहने गरेकाे डा.झाले बताए।
मस्तिष्कमा असामान्य ढङ्गबाट काेषिकाहरु बढ्दै जानु ब्रेन ट्युमर हाे। याे उच्च उमेरका मानिसहरुमा देखिने गर्छ। भने, पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ। यस राेगकाे समयमा उपचार नभएकाे बिरामीकाे मृत्यु हुन सक्छ।
ब्रेन ट्युमरकाे उपचार नपाएर काेही पनि मर्न नपराेस् भन्ने उद्देश्यले हरेक वर्षा याे अभियान सञ्चालन गर्दै आइएकाे छ। त्यसका लागि सबै खर्च अस्पतालले ब्यहाेर्ने गर्छ। शूल्यक्रियाका लागि वीर अस्पतालमा ६ जनाकाे न्युराे सर्जनकाे टिम रहेकाे छ। भने, दुई वटा मेसिन रहेका छन्।
उक्त टिम र प्रविधिकाे प्रयाेगबाट अहिले पनि दैनिक चार-पाँच जनाकाे उपचार भइरहेकाे डा. झाले जानकारी दिए।
भिडियाे:
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया