बिएल संवाददाता
भारतकी अर्थमन्त्री निर्मला सीतारमणले लगातार सातौँ पटक बजेट प्रस्तुत गरेर नयाँ कीर्तिमान बनाएकी छन्।
आज अर्थमन्त्री निर्मला सीतारमणले भारतको संसदमा बजेट प्रस्तुत गरिरहेकी छन्।
यो बजेट प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ। यसले आयकर संरचनामा परिवर्तन र भारतसँग व्यापार गर्ने सुधारमा केन्द्रित हुने सम्भावना छ।
यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौँ बजेट हुनेछ। यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो भारतीय अर्थमन्त्री बनेकी छन्। यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए।
बजेट प्रस्तुत गर्नुअघि सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकारमा आएको र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको बताएका थिए।
उनले यो अमृतकालको महत्वपूर्ण बजेट भएको बताए। यो बजेटले २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने मोदीले विश्वास व्यक्त गरेका छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया