सोमबार, १५ सेप्टेम्बर २०२५

जहाज दुर्घटना: शाेकमग्न बन्याे शिक्षण अस्पताल (तस्बिरहरू)

साैर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतकहरूकाे शवले भरिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ। बुधबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा ९ एन-एएमई कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् मन्त्रिपरिषदको बैठकका निर्णयहरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

...जब ‘कास्टिङ’ डायरेक्टरलाई सुनील शेट्टीले दिए घर

उनले सुनील शेट्टीकी छोरी आथिया शेट्टीलाई पनि ‘हिरो’ फिल्ममा कास्ट गरेका थिए। त्यसपछि सुनीलले मुकेशलाई आफ्नो घर नै गिफ्टमा दिएका थिए। जुन कुरा मुकेश छाबडाले एक अन्तवार्तामा बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घट्याे नेप्से, १६ अर्ब नाघ्यो कारोबार

आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६.११ अंकमा झरेको छ। कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ। साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिन्धुलीको मुलकोट र खोटाङमा होटल पौवाको सेवा विस्तार

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेर देशभर पौवालाई विस्तार गरिएको पौवा ग्रुपले १४औँ शाखा सिन्धुलीको मुलकोटमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट सञ्चालन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय: प्रधानमन्त्री ओली

उनले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए। प्रधानमन्त्रीले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ्य लाभको कामना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयुक्त नियुक्ति विवाद: मानव अधिकार आयोगको ध्यानाकर्षण

विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त गर्न थालिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले भनेको छ, ‘लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरुलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन आयोग नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाज दुर्घटनामा एकै परिवारका ३ जनाकाे मृत्यु, अधुरै रह्याे पाेखरा घुम्ने सपना

मनुराजले परिवारलाई पाेखरा घुमाउने याेजना बनाएका थिए। साेही याेजना अनुसार उनलै श्रीमती र छाेरालाई संगै लिएर जहाज चढेका थिए। उनीहरू चढेकाे जहाज उडेकाे केही सकेन्डमै दुर्घटनामा पर्याे। उनीहरूकाे पाेखरा घुम्ने सपना अधुरै रह्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालियो

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालिएको छ। बुधबार संसदीय सुनुवाइ समितिमा भएकाे सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री लामासहित ९ मन्त्रीले लिए शपथ

जसमा एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छीमन्त्री, किशोर सिलवाल वन तथा वातावरणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री, अमन मास्के भौतिक योजना तथा पूर्वाधारमन्त्री, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन विमानस्थल सुचारु

साैर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो। उद्दारकाे काम सकिएपछि पुन: सुचारू भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज र घटनास्थल (तस्बिरहरू)

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साैर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाकाे मृत्यु भएकाे छ। बुधबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा ९ एन-एएमई कल साइनको जहाज दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली जहाँज दुर्घटनास्थलमा

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य जहाँज दुर्घटना स्थल पुगेका छन्। साढे १ बजे ओली दुर्घटनास्थल पुगेर जानकारी लिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटनास्थलमा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौर्य जहाज दुर्घटना: गृहमन्त्री लेखक घटनास्थलमा

बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनको जहाज काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अहिलेसम्म खुलेका तथ्यहरू

यो आफैँमा बिग्रिएको जहाज थियो र पोखरा विमानस्थलको ह्याङ्गरमा राखेर मर्मत (सी चेक) का लागि जहाज पोखराका लागि उडेको थियो। सौर्य एयरलाइन्सले यसअघि पोखरामा नियमित उडान भने गरेको थिएन। उसको सिआरजे-२०० विमानमार्फत विराटनगर र भद्रपुरमा दैनिक ३ वटा उडान गर्दै आएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः ‘ब्ल्याक बक्स’ खाेज्दै अधिकारीहरू?

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेका थिए। जसमा १८ जनाकाे मृत्यु भएकाे हाे भने एक जनाकाे जीवितै उद्दार गरिएकाे हाे। उद्दार गरिएका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज लगिएको छ। विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ। अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले विमानको ‘ब्ल्याक बक्स’ खाेजिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सौर्य जहाज दुर्घटना: पाइलटलाई उद्धार गरेर अस्पताल लगियो

उद्दार गरिएका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज (केएमसी) लगिएको छ। विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं