बिएल संवाददाता
बलिउडका चर्चित कास्टिङ डायरेक्टर हुन् मुकेश छाबडा। अभिनयका लागि कलाकार खोज्नमा उनी माहिर छन्।
उनले सुनील शेट्टीकी छोरी आथिया शेट्टीलाई पनि ‘हिरो’ फिल्ममा कास्ट गरेका थिए। त्यसपछि सुनीलले मुकेशलाई आफ्नो घर नै गिफ्टमा दिएका थिए। जुन कुरा मुकेश छाबडाले एक अन्तवार्तामा बताएका थिए।
उनको अनुसार जब मुकेश सुनीलको छोरीलाई फिल्ममा कास्ट गरेका थिए तब अभिनेताले उनलाई घर दिएका थिए। ताकी मुकेशले आफ्नोे अफिस सेटअप गर्न सकून।
‘जब मैले कास्टिङ डायरेक्टरको रुपमा काम गर्न थालें, तब मुम्बईको सबैभन्दा राम्रो व्यक्तिमध्ये एक सुनील शेट्टीको अरामनगरमा १६० नामको घर थियो।
त्योबेला म उनकी छोरी अथियासँग फिल्ममा काम गरिरहेको थिएँ’, उनले भने, ‘त्यसपछि उहाँले मलाई सानो अफिसमा काम गर्न मुश्किल हुन्छ भनेर आफ्नो घर दिनुभएको थियो।’
सुनीलले उनलाई घर दिनेबेला मुकेशले घरको भाडा तिर्न नसक्ने बताएका थिए तर शेट्टीले त्यसको चिन्ता नगर्न भन्दै उनलाई ढाडस लिए।
नयाँ घरमा अफिस सेटअप गरेपछि विस्तारै उनी सफल हुँदै गए। अहिले उनको अफिस चण्डीगढ, दिल्ली र लण्डनमा छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया