बिएल संवाददाता
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएकाे साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाकाे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्मा रहेका छन्। प्रिजामा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत थिइन्।
मनुराजले परिवारलाई पाेखरा घुमाउने याेजना बनाएका थिए। साेही याेजना अनुसार उनलै श्रीमती र छाेरालाई संगै लिएर जहाज चढेका थिए। उनीहरू चढेकाे जहाज उडेकाे केही सकेन्डमै दुर्घटनामा पर्याे। उनीहरूकाे पाेखरा घुम्ने सपना अधुरै रह्याे।
बुधबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा साैर्य एयरलाइन्सको ९ एन-एएमई कल साइनको जहाज विमानस्थलमा दुर्घटना भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज उड्ने बितिकै दाहिनेतिर मोडिने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको हाे।
दुर्घटनामा परेर १८ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने पाइलट मनिष शाक्य घाइते भएका छन्। उनकाे जीवितै उद्धार गरेर काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेकाे छ।
जहाजमा सवार अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला र सुदिपलाल जोशीकाे मृत्यु भएकाे छ।
यस्तै मृत्यु हुनेमा सर्वेश मरासिनी, स्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया