बिएल संवाददाता
नेपाल जारी महिला एसिया कपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो।
मंगलबार राति भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउँदै ९६ रन बनाएको थियो। नेपालका लागि सिता राना मगरले सर्वाधिक १८ रन बनाएकी थिइन्। भने, रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।
भारतका लागि सेफाली बर्माले सर्वाधिक ८१ रन बनाएकी थिइन्। भने, दयालान हेमालताले ४७ रन बनाएकी थिइन्। त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन्।
त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन्।
यो जितसँगै भारतले समूह चरणमा लगातार तीन खेल जितेर समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। भने, पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।
त्यस्तै समूह ए बाट नेपालले ३ खेलमा एक खेल जितेर २ अंकसहित तेस्रो हुँदै बाहिरिएको छ। समूह ए बाट युएईले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया