बिएल संवाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा बनेको सरकारमा बाँकेबाट वादशाह कुर्मी मन्त्री भएका छन्।
नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको नयाँ समीकरणबाट सोमबार लुम्बिनी प्रदेश सकार बनेको हो।
वि.सं.२०१५ साल असोज १५ गते (साविक) परस्पुर गाविसमा जन्मेका कुर्मीले आर्दशनगरमा कक्षा ५ सम्म प्राथमिक विद्यालय शिक्षा लिएका थिए।
नेपालगञ्जस्थित मंगलप्रसाद माध्यामिक विद्यालयबाट कक्षा ६ देखि ९ सम्म पढेका कुर्मीले सिमावर्ती भारतबाट रुपैडियास्थित रामजानकी कलेजबाट एसएलसी र इण्टरमिडियट पास गरेका छन्।
कुर्मीको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहमा आसपासमा सुरु भएकाे थियाे। वि.सं. २०४३ सालताका पञ्चायतविरुद्ध काँग्रेसका तर्फबाट कुर्मी पहिलो चुनावमा प्रत्यासी थिए।
निरन्तर राजनीतिमा लागेका कुर्मी २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर राजनीतिक मैदानमा उत्रिएका थिए।
कुर्मी २०४९ र २०५४ सालमा दुई पटक काँग्रेसको तर्फबाट साविक परस्पुर गाविसको अध्यक्षमा चुनिएका थिए। उनी २०६२/०६३ मा काँग्रेस बाँकेको कार्यवाहक सभापति भएर पार्टी राजनीतिमा निरन्तर सक्रिय भए।
काँग्रेसको ६ पटक महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भइसकेका कुर्मी १४औँ महाधिवेशनमा काँग्रेस बाँकेको सभापति पदको प्रत्यासी थिए।
वि.सं. २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा संघीय संसदको उम्मेदवार भएका कुर्मी बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।
२०६४ साल र २०७० सालको संविधन सभामा दुई पटक समानुपातिक सभासद भए। २०७९ सालमा बाँके प्रदेशसभा-३ (२) क्षेत्रबाट निर्वाचित कुर्मी लुम्बिनी प्रदेश सरकामा यतिबेला मन्त्री नियुक्त भएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया